मेक्सम र नरेशले ल्याए ‘थर्कियो काठमाडौं सहर’

14
Shares

काठमाडौं(नेस) ।

तिज नजिकिएसँगै कलाकारहरुलाई भ्याई नभ्याई छ ।

निकै छोटो अवधिमा गितसंगीतको क्षेत्रमा चर्चा पाउन सफल युवा गायक मेक्सम खाती क्षेत्रिले यसपालिको तिजमा पनि नयाँ कोसेली लिएर बजारमा उपस्थित भएका छन् ।

‘थर्कियो काठमाडौं सहर’ नामक गित केहि दिन अघि मात्रै बजारमा सार्वजनिक भएको छ ।

मेक्सम खाती क्षेत्री र टोक कुमारी मगर (सरिता)को आवाजमा सजिएको संगितमा सरद पाण्डेको शब्द रहेको छ भने मेक्समका नरेश खाती क्षेत्रीले लय भरेका छन् ।

गोरक्ष म्युजिक प्रा.लीको प्रस्तुतीमा रहेको संगितमा म्युजिक भिडियो शंकर विसीको निर्देशन र नवीन घर्तिमगरको इडिटरमा तयार पारिएको युवा गायक नरेशले वताए ।

थर्कियो काठमाडौं सहर गीतले अहिले बजारमा तिजको माहो निकै तातिएको छ ।