पनौतीमा रंङ्गशाला निर्माणमा देखिएको जग्गा विवाद मिल्यो


नेपाल समाचारपत्र,काभ्रे ।
काभ्रेको पनौतीमा रंङ्गशाला निर्माणका क्रममा देखिएको जग्गा विवाद मिलेको छ । रंङ्गशाला निर्माणको लागि तयार पारिएको नक्सामा निजी जग्गा पनि परेको र सम्बन्धित जग्गा धनीसंग सहमति नगरेको कारण विवादले उग्र रुप लिएको थियो ।

प्रक्रियानै नपु¥याई गुरुयोजना बनाएर टेण्डर आव्हान गरि निर्माण भेरहेको रंङ्गशाला विवादको मुद्धा सर्वोच्च अदालत सम्म पुगेको थियो ।

रंङ्गशाला बनाउन तयार पारिएको गुरुयोजनामा पनौती नगरपालिका–७ स्थित करिव ४५ रोपनी सार्वजनीक जग्गा संगै स्थानिय गणेश कुमारी कणेल र नानी गिता कणेलको नाममा १७ रोपनी १४ आना २ पैशा जग्गा पनि परेपछि विवाद उत्पन्न भएको हो ।

सम्बन्धित जग्गा धनीले आफुहरुसंग सहमति नै नगरी झुक्याउने तरीकाले एकाएक टेण्डर आव्हान गरेको आरोप लगाउदै शुरुदेखिनै विरोध गर्दै आएका थिए ।

रंङ्गशाला निर्माणका क्रममा देखिएको विवाद मिलाउन पनौति नगरपालिकाको खेलकुद विभागका संयोजक ईश्वर जंगमको संयोजकत्वमा सोमबार नगरपालिका कार्यालयमा बसेको बैठकमा जग्गाधनीका तर्फबाट कणेल परिवारका सुदीपराज कणेलले पहिलेदेखि खेली आएको चौरपट्टिको भाग नगरपालिकाको नाममा पास गरेर दिने सहमति भएपछि विवाद मिलेको हो ।

प्रक्रिया पु¥याएर रंगशाला निर्माण हुनुपर्छ भन्ने पक्षमा आफुहरु भएकोले आफ्नो स्वामित्वमा रहेको केहि जग्गा पनौति नगरपालिकालाई दिने प्रस्ताव गरेको कणेल परिवारका सुदीपराज कणेलले बताउनु भएको छ ।

रंङ्गशाला निर्माण कार्यमा जुटेको पनौती नगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले प्रक्रिया नपु¥याई टेण्डर आव्हान गरेको भन्दै सम्बन्धित जग्गा धनीले विरोध जनाएपछि पुनरावेदन अदालत पाटनले समेत कानुन बमोजिम जग्गा प्राप्त नभएसम्म उक्त १७ रोपनि १४ आना २ पैशा जग्गाको हदसम्म निर्माण कार्य नगर्नु नगराउनु भनि अन्तरीम आदेश दिएको थियो । यस पछि पुन सर्वोच्चमा परेको मुद्धामा पनि अदालतले जग्गा धनीको पक्षमा फैसला गरेको थियो ।

सोमबारको बैठकमा कणेल परिवारले रंङ्गशाला निर्माणको लागि आफ्नो स्वामित्वमा रहेको खाल्टो र बोट विरुवा भएको भाग बाहेक चौर पट्टीको भाग नगरपालिकालाई दिने र नगरपालिकाले रोक्का गरिएको कणेल परिवारको घरजग्गा फुकुवा गर्ने र जग्गा सम्म जानको लागि बाटोको व्यवस्था मिलाईदिने सहमति भएको छ ।

विवाद बढेपछि रङ्गशाला निर्माणको लागि टेण्डर आव्हान गर्ने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले पनौती नगरपालिकाको योजना अनुसार कार्य गरेको जनाएको छ भने पनौती नगरपालिकाले सम्बन्धित जग्गा धनीसंग सहमतिको प्रयास भैरहेको जनाएको थियो । तत्कालिन अवस्थामा भवन डिभिजनले उक्त गुरुयोजना प्रस्तावित मात्र भएको भन्दै पछि गुरुयोजना परिवर्त गर्न पनि सकिने बताउदै आएको थियो ।

‘बलमिचाई र झुक्याउने तरिकाले गुरु योजना बनाई टेण्डर आव्हान गरि रङ्गशाला निर्माण गरिदै भन्दै जग्गाधनीका भतिजा कुलदिप कणेलले भने– नगरपालिकाले हाम्रो चारकिल्ला प्रमाणित समेत रोकेको छ । रङ्गशाला निर्माणको गुरुयोजनामा परेको कणेलको १३२ कित्ता नम्बर रहेको १७ रोपनी १४ आना २ पैशा जग्गा २०३३ सालमा नापी भएको हो ।

तत्कालिन अस्थामा वसुन्धरा केसी प्रधानपञ्च, गोविन्द प्रसाद सुवेदी उपप्रधानपञ्च तथा तिर्थ वहादुर बस्नेत लगाएतका पदाधिकारी रहेको बेला गंगाप्रसाद कणेलको नाममा उक्त जग्गा नापि भएको थियो ।

गंगाप्रसाद कणेलको मृत्यु भएपछि उहाको दुई श्रीमति गणेश कुमारी कणेल र नानी गिता कणेलको नाममा नामसारी भएको हो । कानुनी प्रक्रिया नपु¥याई व्यक्तिको सम्पत्तिमा सार्वजनीक संरचना बनाउने निर्णयमा पुगेका राजनीतिक संयन्त्र पनि विवादको घेरामा परेको परेका थिए ।

नीजि जग्गा लिदा सम्बन्धित जग्गाधनीको सहमति लिनुपर्ने अथवा जग्गा प्राप्ती ऐन अनुसार अगाडी बढ्नु पर्ने हुन्छ । साथै दर्ता खारेजीको प्रक्रियामा जादा जालसाचि गरि जग्गा हड्पेको प्रमाणित हुनुपर्छ ।

अहिले रङ्गशाला निर्माण गर्ने भनिएको सार्वजनीक जग्गा पनि गौचरण हो । गौचरणमा कुनै संरचना बनाउनु पर्दा सार्वजनिक सुनुवाई गर्नुपर्ने प्राब्धान थियो । कणेल परिवारले खेलमैदान भएको पश्चिम पट्टिको खाल्टोलाई निकास दिए हाल चौरमा गाभिएको जति आफ्नो नामको जग्गा छोड्न तयार रहेको यस अघि पनि बताउदै आएका थिए ।

यसो गर्दा करिव कणेल परिवारको करिव १० रोपनी जग्गा रङ्गशालामा जाने बताइन्छ । सोमबार नगरपालिकामा भएको सहमति अनुसार आफ्नो कति जग्गा जान्छ भन्नेबारेमा अमिन आएर नापजाच गरेपछि थाहा हुने कणेल परिवारका सुदीपराज कणेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ ।