पोखरा र दमौलीमा एनसेलको फोरजी सेवा



 

नेपाल समाचारपत्र
काठमाडौं
एनसेलका पोखरा र दमौलीमा रहेका ग्राहकले चौंथो पुस्ताको मोबाइल सेवा फोरजी⁄लङ्ग टर्म इभोलुसन (एलटीई) सेवाको लाभ लिन सक्नेछन्।

एनसेल प्रालिले सन् २०१७ को अन्त्यसम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउँदै ‘डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई शहरहरू पोखरा र दमौलीमा सेवा विस्तार गरेको हो।
कम्पनीले असार १७ गतेदेखि यी सहर मा फोरजी सेवा आधिकारीक रूपमा सञ्चालनमा गरेको जनाएको छ। ‘आफ्नो बाचा अनुरूप तदारुकताका साथ फोरजी सेवा विस्तार गर्दै देशलाई नयाँ प्रविधि अंगीकारमा समकालिन विश्वसँग उभ्याउन तथा ग्राहकलाई नयाँ प्रविधिका विविध लाभ प्रदान गर्न एनसेल प्रतिबद्ध छ।

पहिला घोषणा गरे अनुरूप पोखरा र दमौलीमा सेवा विस्तार गर्न पाउँदा हामी निकै हर्षित छौ,’ एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भन्नुभयो।

पोखरा र दमौलीमा फोरजी सेवाको विस्तारसँगै, फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रत गतिको ब्रोडब्यान्ड सेवाको मजा लिन सक्नेछन्। अझै फोरजी सिम नलिएका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् र नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गरी उच्च गतिको मोबाइल ब्रोडव्यान्ड सेवाको पहुँचबाट फाइदा लिन सक्नेछन्।

पोखरा र दमौलीमा आफ्नो फोरजी सेवा आधिकारीक रूपमा सञ्चालनमा ल्याएको अवसरमा, आफ्नो फोरजी सिम राखी डेटा सेवा प्रयोग गर्ने ग्राहकलाई एनसेलले योण्डर म्युजिक एपमा ३० दिनसम्म निःशुल्क अनलाइन गीत सुन्न⁄डाउनलोड गर्न सकिने सेवा प्रदान गर्दैछ। ग्राहकले एस्ट्रिक्स ३२४ ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथै ३० दिनसम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन्। योण्डर म्युजिक दुई करोडभन्दा बढी नेपाली र अन्तराष्ट्रिय गीत रहेको बृहत् डिजिटल म्युजिक लाइब्रेरी हो।

एनसेलका ग्राहकले अंग्रेजीमा ‘क्यु टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम कुन प्रकारको हो भन्ने बारेमा जानकारी लिन सक्छन्।

प्रतिक्रिया दिनुहोस्