गुल्मीमा के भयो ? नसोचेको परिणाम


अनिल खत्री, गुल्मी । निकै रोचक प्रतिस्प्रर्धाका साथ रेसुंगा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । एक सय ४७ मत अन्तरले नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा बिजयी भएका छन् । भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवन प्रसाद श्रेष्टले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै उपमेयरमा नेकपा एमालेकै सिता भण्डारी बिजयी भएकी छन् । उनले सात मतको मात्र मतान्तरले कांग्रेसकी उपमेयर पदकी उमेदवार अमृता देवि कुवंरलाई पराजित गरेकि छन् । भण्डारीले छ हजार दुई सय २८ र कुवंरले छ हजार दुई सय २१ मत प्राप्त गरेकी छन् ।

२० बर्ष अघिका प्रतिस्प्रर्धीलाई हराए
रेसुंगा नगरपालिकाको मेयर पदमा बिजयी बनेका भुसाल २० वर्ष अघि पनि गाविस अध्यक्ष श्रेष्टकै प्रतिस्प्रर्धी हुन् । तत्कालिन तम्घास गाविसको गाविस अध्यक्ष पदका लागी २०५४ सालमा श्रेष्टले भुसाललाई हराएका थिए । रेसुंगा नगरपालिका साबिकको तम्घास सहित सिमीचौर, दुबिचौर, अर्खले, पराल्मी र नयाँगाउँका केहि वडा समेटी १४ वडामा बनेको छ । नेकपा एमालले प्रमुख र उपप्रमुख सहित छ वटा वडा जितेको छ ।

त्यस्तै नेपाली कांग्रेसले आठ वडा जितेको सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालले बताए । कांग्रेसका जिल्ला सभापति श्रेष्ठ र एमालेका सचिवालय सदस्य भुसालबिचको प्रतिस्प्रर्धालाई निकै महत्वमा साथ हेरिएको थियो । रेसुंगा नगरपालिका कांग्रेसले आफ्नो पकेट क्षेत्र मानेका थिए । भने एमालेले त्यो तोड्न पहिले देखि नै निकै कोशिस गरिरहेको थियो ।
भुसालका बिजयी योजना
भुसालले राज्यबाट प्राप्त सरकारी सुविधा नलिने घोषणा गरेका छन् । त्यस्तै रेसुगां क्षेत्रको विकास, रेसुंगा विमान स्थललाई समयमै सम्पन्न गर्ने, अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, जनतालाई निशुल्क खानेपापानी बितरण गर्नेलाई आफ्ना बिजयी योजना बनाएका छन् ।। बृद्धा भत्ता बढाएर घरमै पु¥याउने, भुमिहिनलाई लालपुर्जा दिने, घरघरमा सडक संजाल पुराएर कालोपत्रे गर्ने पनि उनको योजना रहेको थियो ।
गठबन्धनलाई हराउँदै रुरुमा एमाले निर्वाचित
गुल्मीको रुरु गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धन्लाई हराउँदै निलकण्ठ गौतम निर्वाचि भएका छन् । गौतमले प्रमुखमा ५ हजार २२ मत ल्याएर बिजयी भएका छन् ।
उपप्रमुख एमालेकै लक्ष्मी पन्त निर्वाचित भएकी छन् । उनले ५ हजार ४ सय ८८ मत ल्याएर बिजयी भएकी छन् । प्रमुखमा माओवादी यदु ज्ञवालीले ३७ सय ६३ मत ल्याएर पराजित भएका छन् ।
भने प्रमुखमा देबेन्द्र मल्ल ३४ सय ४६ मत ल्याएर पराजित भएका छन् । उक्र गाउँपालिकामा ५ वटा वडामा एमालेले वडा अध्यक्षमा प्यानलै निर्वाचित भएका छन् भने १ वडामा माओवादीले अध्यक्षमा प्यानल निर्वाचित भएको छ ।
मालिका गाउँपालिका प्रमुखमा थापा
गुल्मीको मालिका गाउँपालिकाको प्रमुखमा एमालेका रितबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४ हजार ४२ मत ल्याएर बिजयी भएका छन् । उप्रमुखमा पनि एमालेकै देवा अर्याल निर्वाचि भएका छन् ।
अर्यालले ४ हजार २५ मत ल्याएर बिजयी भएकी छन् । प्रमुखमा कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४ सय ४७ मत ल्याएर पराजित भएका छन् भने उपप्रमुखमा कांग्रेसकै सिता अर्यालले ३७ सय ५९ मत ल्याएर पराजित भएकी छन् । उक्त गाउँपालिकामा एमालले ८ वटा वडामा अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् भने १ वडामा कांग्रेसका वडा अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् ।
छत्रकोटमा एमाले, धुर्कोटमा माओवादी गठन्धन
गुल्मीको छत्रकोट गाउँपालिका प्रमुखमा एमालेका मधुकृष्ण पन्त निर्वाचित भएका छन् । कांग्रेस माओवादी गठबन्धनलाई हराउदै पन्तले ५ हजार ५ सय ५१ मत ल्याएर बिजयी भएका छन् भने उपप्रमुखमा एमालेकी नर्मदा भण्डारी निर्वाचित भएकी छन् उनले ५ हजार ४ सय ७६ मत ल्याएर निर्वाचित भएकी छन् ।
गाउँपालिका प्रमुखमा कांग्रेसका अनन्तराम पौडेल ५ हजार १ सय १४ र माओवादीका रामप्रसाद पाण्डे ४ हजार ७ सय ३६ मत ल्याएर पराजित भएका छन् । प्रमुखमा निर्वाचित पन्त एमाले गुल्मीका अध्यक्ष हुन् । उक्त गाउँपालिकामा एमालेले ४ वडामा र २ वडामा कांग्रेसले बडा अध्यक्षमा प्यानलै बिजयी भएका छन् ।
यस्तै धुर्कोट गाउँपालिकाको प्रमुखमा कांग्रेस माओवादी गठबन्धनका माओवादीका भुपाल पोखरेलले ५ हजार १ सय १६ मत ल्याएर बिजयी भएका छन् भने उपप्रमुखमा कांग्रेसका शिबबहादुर खत्री ४ हजार ९ सय ३९ मत ल्याएर बिजयी भएका छन् ।
गाउँपालिका प्रमुखमा एमालेका कृष्ण घिमिरे ४ हजार ७ सय ५३ मत र उपप्रमुखमा रिता थापाले ४ हजार ८ सय ४२ मत ल्याएर पारजित भएकी छन् । उक्त गाउँपालिकामा एमालले ४ वडा, कांग्रेस ३ वडा र माओवादी केन्द्रले १ वडामा अध्यक्ष पदमा प्यानलै निर्वाचि भएका छन् ।
गुल्मीमा रहेका १२ स्थानिय तह मध्ये ४ स्थानिय तहको मतपरिणमा आउन बाकी रहेको छ । बाँकी रहेका स्थानिय तह मदाने गाउँपालि, इस्मा गाउँपालिका, सत्यवती गाउँपालिका, कालिगण्डकी गाउँपालिका रहेका छन् । यि तहमा एमालेको अग्रता रहेको छ ।
मुसिकोट नगरमा एमालेका सापकोटा
गुल्मीको मुसिकोट नगरपालिकामा एमालेका सोमनाथ सापकोटा ६हजार ६सय ६८ मत सहित मेयर पदमा र कमला शर्मा गौतम ६ हजार ६सय ७ मत सहित उपमेयरमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी मेयरमा काग्रेसका कृष्णहरि सापकोटाले ५हजार ५सय ८७ र उपमेयरमा बिष्णु कुमारी सापकोटाले ५हजार ७सय १६ मत प्राप्त ल्याएर पराजित भएका छन् । नगरमा ८ वडामा एमाले र १ वडामा कांग्रेसका उम्मेदवारले वडा अध्यक्षको प्यान बिजयी भएका छन् । मेयर पदमा निर्वाचित सापकोटा एमाले गुल्मीका सचिव हुन ्