निशाले शरद्सँग कसिन् लगनगाँठो

0
Shares

नायिका निशा अधिकारी क्रिकेटर शरद् भेषावकरसँगको प्रेम सम्बन्धलाई गन्तव्य दिँदै शुक्रबार उनीसँग बिहे बन्धनमा बाँधिएकी छिन्।

निशा र शरद् शुक्रबार राजधानीको एक तारे होटलमा विधिपूर्वक बिहे बन्धनमा बाँधिएका हुन्। निशा र शरद् विगत ३ वर्षदेखि प्रेममा थिए। निशा क्रिकेट मैदानसम्मै पुगेर शरद्लाई राम्रो खेलका लागि उत्साहित गर्थिन् भने शरद् पनि निशाको करियरका लागि उपयोगी सरसुझाव दिने गर्थे। निशाले शुरुआती समयमा शरद्सँगको प्रेम सम्बन्धलाई लुकाएकी थिइन्। पछि शरद् स्वयम्ले आफूहरूबीचको मायाप्रीतिको खुलासा गरेका थिए।

शुक्रबार यो जोडीको वैवाहिक कार्यक्रममा दुवै परिवारका आफन्त र इष्टमित्र सहभागी थिए भने केही कलाकारहरूलाई पनि निम्तो गरिएको थियो। निशाको परिवारले भोलि आइतबार विवाहको प्रीतिभोजको आयोजना गरेको छ।