इमिली नग्न तस्वीरले तनावमा

0
Shares

युवतीहरू साइबर क्राइमको शिकार हुने गरेका घटना हिजोआज धेरै नै सार्वजनिक हुने गरेका छन्। यस क्रममा कतिपय किशोरी र युवतीको नग्न तस्वीर भाइरल हुने गरेको पनि छ।

त्यसैले अक्सर नग्न फोटो शेयर नगर्न केही चेतावनीहरू पनि बेला बखतमा आइरहने गरेका छन्।

यसपटक भने यस्तै प्रकारको घटनाको शिकार भएकी छिन् हलिउडकी एक लोकप्रिय नायिका। हालै हलिउड अभिनेत्री इमिली राताजकोवस्कीको नग्न तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। यो उनको अत्यन्त निजी तस्वीर हो, जुन उनले आफ्नो प्रेमीलाई च्याटको समयमा पठाएको एजेन्सीले जनाएको छ।

यो तस्वीर उनको एकाउन्ट ह्याक गरेर उनकै एकाउन्टबाट कसैले शेयर गरिदिएको समाचारमा उल्लेख छ। तस्वीर बाहिरिएपछि अभिनेत्री इमिली तनावमा परेकी छिन्। सामाजिक सञ्जालबँट निजी तस्वीर बाहिरिएर फैलिएपछि उनी तनावमा रहेको समाचारमा उल्लेख छ।

कतिपय हलिउड अभिनेत्रीले चर्चामा आउनका लागि पनि यस प्रकारको तस्वीर आफैंले गोप्यरूपमा सार्वजनिक गर्ने वा गराउने गरेको पाइन्छ। इमिलीको मामलामा के भएको भन्नेबारे समाचारमा उल्लेख गरिएको छैन।