करिनाद्वारा शाहरुखको हिरोइन बन्न अस्वीकार

0
Shares

 

बलिउड नायिका करिना कपुर खान छोरालाई जन्म दिएपश्चात् आफूलाई पुनः फिल्मी दुनियाँमा फर्काउने तयारीमा लागेकी छिन्। बलिउडमा कमब्याक गर्नकै लागि शरीर सन्तुलित गर्न योगको अलावा जिममा पसिना बगाइरहेकी उनले शाहरुख खानसँग काम गर्न अस्वीकार गरेर भने सबैलाई आश्चार्यमा पारिदिएकी छिन्।

आनन्द एल रायको निर्देशनमा बन्न लागेको फिल्म एक फिल्ममा नायकको रूपमा शाहरुख खान हुनेछन् भने निर्देशकले उनको अपोजिटमा करिनालाई लिने मनशाय बनाएका थिए। तर, करिनाले भने फिल्ममा काम गर्न अस्वीकार गरिदिएकी छिन्। शाहरुख खान यतिबेला लिड रोलमा खेल्न कुनै हिरोइनको खोजीमा छन्। पछिल्लो समयमा आएको खबरअनुसार अनुश्का शर्मा तथा कट्रिना कैफ फिल्मका लागि फाइनल भएका छन्। बलिउडमा फर्कने सुरमा रहेकी करिनाले आफू विरे दि वेडिङ्स नामक फिल्ममा काम गर्न लागेको र यी दुवै फिल्मको डेट जुध्ने भएको बहानामा शाहरुखको हिरोइन बन्न अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

करिना सेफ अलि खानसँग बिहे गरेर सन्तानको आमा भएपछि बलिउडबाट हराएकी थिइन्। उनले गर्भावस्थामा भने फिल्ममा केही फिल्ममा काम गरेकी थिइन्। अहिले भने छोरालाई हुर्काइसकेकीले उनी बलिउड फिल्ममार्फत् फेरी पर्दामा फर्कन लागेकी हुन्।