निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउनेलाई धन्यवाद व्यक्तः प्रम

0
Shares

काठमाडौँ, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेकाले लोकतन्त्रमा जनताले मुलतः निर्वाचनका माध्यमबाट नै आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने गरेको उहाँले आज एक विज्ञप्ती प्रकाशित गरी सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले संविधानको स्वीकार्यता बढाई मधेसी, थारु, आदिवासी जनजातिलगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं २ मा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्न लागेको प्रष्टयाउँदै प्रदेश नं. २ का जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न विशेष अपिल गर्नुभयो ।

निर्वाचन जस्तो ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि सदाझै सहयोग र सद्भावको अपेक्षा गर्नुभएको छ । रासस