खोटाङमा ६५ प्रतिशत मत खस्यो


रामधन राई, खोटाङ ।
पुर्बी पहाडी जिल्ला खोटाङमा भएको उल्लासमय तथा सौहार्दपुर्ण मतदानमा ६५ प्रतिशत मत खसेको छ । दोश्रो चरणको स्थानीय तह निर्बाचनका लागि जिल्लाका १ सय ७३ केन्द्रमा भएको मतदानबाट ६५ प्रतिशत मत खसेको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ ।

दुई नगर तथा आठ गाउँपालिकाका उन्नानअसी वडा रहेको जिल्लामा यो निर्बाचनका लागि कुल १ लाख १५ हजार ६ सय ४४ मतदाता रहेको थियो । ४ सय १५ जना जनप्रतिनिधि निर्बाचित हुने यस जिल्लामा जम्मा १ हजार ६ सय ६२ जना उम्मेदवार चुनाबी मैदानमा उत्रिएका छन् ।

जिल्लाका सबै मतदान केन्द्रबाट आजै निर्बाचन अधिकृतको कार्यालयमा मतपेटिका पु¥याई भोलि बिहानदेखि मत गणना शुरु गरिने बताईएको छ । केही मतदान स्थलमा बर्षा भए पनि अधिकांश स्थलमा दिनभर मौसमले साथ दिएको थियो । मध्ये असारको धान रोपाईंको समय भए पनि स्थानीयले यस निर्बाचनलाई अति महत्वको साथ हेर्दै मतदानमा सहभागी बनेका थिए ।

जिल्लाबाट १ सय ८ बर्षिया, १ सय ५ बर्षिय, १ सय २ बर्षिय बृद्घबृद्घाले समेत मतदान गरेका छन् । सबै उमेर समुहका मतदाताले दलगत वा हाम्रा भन्दा पनि राम्रा उम्मेदवारलाई बिजयी गराउन चाहेको स्थानीय बताउँछन् । मत गणना बिहिबार बिहान देखि हुने जनाईएको छ । यो निर्बाचनमा मुख्य तीन दल कांग्रेस, एमाले र माओबादी केन्द्रको तीब्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।