लमजुङे गायकको एल्बम सार्वजनिक

0
Shares

 

लमजुङ, (नेस)। लमजुङका गायक रोशन कुताल क्षत्रीले नयाँ गीति एल्बम सार्वजनिक गरेका छन्। उनी पोखरेली गायिका निशा घिमिरेको साथमा चरी नाच्यो वनमाका साथ आएका हुन्।

रोइला गीति एल्बमपछि कुतालले चरी नाच्यो वनमा बजारमा ल्याएको बताए। एल्बममा प्रेम सागर पौडेलको शब्द रहेको छ। यी गीतमा गायक क्षत्रीकै लय छ। यसको म्युजिक भिडियोमा रीना थापा मगर, प्रतीक्षा खतिवडा र रमेश थापाको नृत्य तथा अभिनय रहेको छ।

गायक रोशनले यसअघि हो कि होइन भन त, समुद्रपारि मेरी मायालु छन्, दुःख पाएँ प्रदेश पसेर, ए परदेशी छिट्टै फर्की आऊ र मस्र्याङ्दी नदीको छल्कोले, पहिला जस्ती छैनौ भो बोलका आधा दर्जन बढी सफल गीति एल्बमहरू बजारमा ल्याइसकेका छन्।