कोरियामा नेपाली बाजा प्रदर्शनी

0
Shares

 

दक्षिण कोरियाको ग्वाँग्जु शहरमा यही २०७४ जेठ २६‡२८ तीन दिन ग्वाँग्जु वल्र्ड ट्रेडिसनल विन्ड इन्स्टुमेन्ट फेस्टिबल २०१७ मा नेपाली बाजा पनि प्रदर्शन गरिएको छ।

महोत्सवमा विश्वका ३० मुलुकको विभिन्न बाजा प्रदर्शनी भइरहेकोमा यस वर्षदेखि नेपालका १३ थरी विभिन्न बाजाहरू पनि प्रदर्शन गरिएको हो। महोत्सवमा पछिमा, कोंचाखिं, नगरा, पोंगा, कान्तां डबडब, सारंगी, मादल, नरसिंगा, कर्नाल, सहनाई, काठको कलात्मक बाँसुरी, काठको कलात्मक बय् र ताः समावेश गरिएको थियो।

चारुमति बुद्धिस्ट मिसन नेपालको पहलमा वल्र्ड ट्रेडिसनल विन्ड इन्स्टुमेन्ट फेस्टिबल २०१७ आयोजक समितिको अध्यक्ष डनगोक मुनको निमन्त्रणामा नेपालको तर्फबाट वाद्यवादक न्हुछेबहादुर डंगोल, वाद्य गुरु एवं बाँसुरीवादक धर्म मुनिकार र सारंगी वादक सुजिना डंगोल वज्राचार्यले सो सांगीतिक महोत्सवमा सहभागिता जनाएका थिए। नेपाल, भारत, जापान, चीन, जर्मनी र कोरियाका कलाकारहरू सहभागी भएको सो अन्तर्राष्ट्रिय फुक्ने बाजाको महोत्सपमा नेपालको तर्पmबाट धर्म मुनिकारले पोंगा, बाँसुरी र बय् बजाका थिए भने न्हुछेबहादुर डंगोलले खिं, पछिमा र मादल (तीनवटा) त्यस्तै सुजिना वज्राचार्यले सारंगी, ताः बब” बजाएकी थिइन्।