कीटोभा फाइनलमा

0
Shares

 

लन्डन, (एजेन्सी)
दुई पटककी विम्बल्डन विजेता पेट्रा कीटोभा बर्मिङगममा जारी एगोन क्लासिकको फाइनलमा पुगेकी छन्।

चेक खेलाडीले सेमिफाइनल खेलमा ६–१, १–० ले अग्रता लिँदा चेककै खेलाडी लुसी साफरोभाले खुट्टाको चोटको कारण खेल परित्याग गरेपछि फाइनलमा स्थान बनाएकी हुन्। उनी लामो समयपछि कोर्टमा फर्केपछि पहिलोपटक फाइनलमा पुगेकी छिन्। गत डिसेम्बरमा चोरले चक्कु प्रहार गर्दा उनको हातमा चोट लागेर उनी घाइते भएकी थिइन्। २७ वर्षीया कीटोभा स्वस्थ भएपछिको यो दोस्रो प्रतियोगिता समेत हो।

छ महिनापछि कोर्टमा फर्केकी कीटोभाले भनिन्– ‘म फेरि खेलिरहँदा खुसीमा छु। मैले ५ वा ६ महिना खेल्न सकिनन्। म धेरै भन्दा धेरै टेनिस
खेल्न रुचाउँछु।