रसुवामा २० हजार अलैचीको विरुवामा वितरण गरिँदै


नेपाल समाचारपत्र, रसुवा । रसुवामा २० हजार अलैचीको विरुवा वितरण सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय रसुवाले कृषि राहत कार्यक्रम अन्तरगत अलैची, कागती, सुन्तला र अम्वाको विरुवा वितरण गर्न कार्य सुरु गरेको हो ।

 

जिल्लामा कृषिमा व्यावसायिकरण गर्नका लागि प्रति विरुवा पाँच रुपयाँको दरले कृषकका माग र आवश्यकता अनुसार विरुवा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईँले वताउँनुभयो ।

कार्यालयका अनुसार अलैचीको २० हजार र कागती तथा सुन्तलाको ३० हजार विरुवा वितरण गर्न थालिएको हो । अम्वाको विरुवा भने माग अनुसार ल्याउन लागिएको छ ।