होस् गर्नुस्, खाल्डोमा परिएला


हेटौंडा, (नेस) । अहिले वर्षाको मौसम हो । प्वाल परेका पिच वर्षामा हिलाम्य पानीले टम्म भरिन्छन् । त्यहा“ केही पानी जमेको होला भन्ने ठानिन्छ । ‘यसो अलि बल गर्रौ, फुत्त गइहालिन्छ नि’ भनेर तपाईं मोटरसाइकल त्यही पानी जमेकै ठाउ“बाट लैजानु होला नि । होस् गर्नुस्, खाल्डोमा परिएला, दुर्घटनाको शिकार बनिएला ।

पूर्वपश्चिम राजमार्गस्थित हेटौंडा–नारायणगढ सडकखण्डमा पर्ने हेटौंडा–१९, नेवारपानीको सडकमा बनेको खाल्डोमा परेर १० जना भन्दा बढी चालक घाइते भइसकेका छन् । राजमार्गलाई गिज्याइरहेको खाल्डो बनेको करिब एक महिना भएको स्थानीय बताउ“छन् । तर, डिभिजन सडक कार्यालयले खाल्डो पुर्न प्रयासै गरेको छैन । जसका कारण सर्वसाधारण जोखिम ब्यहोर्न बाध्य छन् । एक महिना अवधिमा १० जना भन्दा बढी चालक खाल्डोमा परिसकेका छन् ।  परिवारसहित मोटरसाइकलमा आउजाउ गर्नेहरु विशेषतः राति दुर्घटनामा पर्ने गरेको स्थानीयले बताएका छन् ।

राति घाइतेको उद्धार गर्दागर्दै स्थानीय हैरान भइसकेका छन् । स्थानीयले सडकको खाल्डो पुर्न सडक कार्यालयमा फोन गरेर आग्रह गरेका छन् । तर, डिभिजन सडकले सुनुवाइ गरेको छैन । डिभिजन सडक कार्यालय हेटौंडाले एक÷दुई दिनभित्र नै सडक मर्मत गरिने बताएको छ ।