६ विद्यालय र तीन शिक्षक पुरस्कृत


रविन भट्टराई, ताप्लेजुङ
ताप्लेजुङका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न गैरसरकारी संस्था समेत कृयासिल बन्न थालेका छन् ।

यसै क्रममा लामो समय देखि शिक्षाको क्षेत्रमा काम गर्दै आएको रिड नेपालले जिल्लाका शैक्षिक सिकाईमा उत्कृष्ठ ६ विद्यालय र तीन शिक्षकलाई रकम सहित पुरस्कृत गरेको हो ।

शैक्षिक गुणस्तर सुधारमा उल्लेखिय भुमिका खेलेका भन्दै ताप्लेजुङ फक्ताङलुङ ३ स्थित रानी आधारभूत विद्यालयलाइ वर्ष उत्कृष्ठ घोषणा गर्दै नगद ५० हजार सहित सम्मान गरेको रिड नेपालका कार्यक्रम संयोजक राजेन्द्र पन्तले बताउनुभयो ।

त्यस्तै स्टार स्कल अर्वाडबाट घुन्सा निमावि लेलेप, सुनदेवि मा.वि, इखाबुलाई पुस्कृत गरेको छ । चन्द्रोदय विद्यालय, स्टार कम्युनिटी मेकानिजम फन्ड अवार्डबाट पुरस्कृत गरीएको सो संस्थाले बताएको छ ।

उत्कृष्ठ शिक्षक अवाड भने सरस्वती च्यारिबुक लेलेपका शिक्षक रनबहादुर सिँह, चन्द्रोदय आवासिय विद्यालय ईखाबुकी शिक्षक कल्पना लिम्बु र रानी आधारभूत विद्यालय ईखाबु हस्तबीर काम्वाङलाई प्रदान गरिएको छ ।

पुरस्कृत विद्यालय र शिक्षकलाई स्थानीय विकास अधिकारी नरहरी भण्डारीले नगद सहित सम्मान गर्नुभएको हो । जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले शैक्षिक गुणस्तर सुधार गर्न रिड नेपालले खेलको भुमिका प्रति प्रसंसा गदै अन्य गाउपालिका समेत कार्यक्रम विस्तार गरी शैक्षिक गुणस्तर सुधार गर्न जोड दिनुभयो ।

रिड नेपालका कार्यक्रम संयोजक राजेन्द्र पन्तले साविकका पाँच गाविसमा ३० विद्यालयका कार्यक्रम गरेको र त्यसमध्ये उत्कृष्ठ शिक्षक तथा विद्यालयहरुलाई सम्मान गरेको बताउनुभयो ।

उहाले शिकाईको उपलब्धी, शिक्षक तथा विद्यार्थीको नियमितता प्रधान अध्यापकको भुमिकाले गर्दा विद्यालय र शिक्षाको सुधार हुने बताउनुभयो ।