काँग्रेसकी विक निर्विरोध


 

सोलुखुम्बु, ८ असार । सगरमाथाको फेदी भनेर चिनिने सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ की दलित महिला सदस्यमा नेपाली काँग्रेसकी किरिमाया विक निर्विरोध निर्वाचित हुनुभएको छ ।

सो पदमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको गाउँपालिका निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । रासस