विमल विष्ट, डोटी ।
नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधान तथा गृहमन्त्री भिम रावलले सरकारमा सहभागि काग्रेस तथा माओबादी केन्द्रले सुदूरपश्चिमको ७ नम्बर प्रदेशको कैलाली तथा कञ्चनपुरलाई अलग्याई तराई प्रदेशमा गाभ्ने गोप्य निर्णय गरेको आरोप लागाएका छन् ।
नेकपा एमाले द्धारा डोटीको आदर्श गाउपालिका स्थित मौवानगर दहमा बिहिबार आयोजना गरीएको चुनावी सभालाई सम्बोधन गर्दै नेता रावलले सो आरोप लगाएका हुन् ।
‘कैलाली,कञ्चनपुरलाई तराई प्रदेशमा गाभ्ने मन्त्री परिषदले गोप्य निर्णय गरेको छ,यो चुनावको बेला भएकोले त्यो निर्णय बाहिर आएको छैन,चुनाव सकिने बित्तिकै निर्णय बाहिर आउछ ।’ नेता रावलले भन्नु भयो । कैलाली तथा कञ्चनपुरलाई ७ नम्बर प्रदेशमा राख्न चाहनेले एमाले लाई जिताउनु पर्ने भन्दै नेता रावलले थप भन्नु भयो ‘तपाईहरु हामीलाई जिताउनु होस,गाउको बिकास देखी कैलाली,कञ्चनपुर बचाउने जिम्मा हाम्रो ।’
यहि असार १४ गते हुने निर्वाचनशान्तिपूर्ण रुपमा हुनु पर्ने र जनताले आफुले चाहेको प्रतिनिधिलाई निर्भयका साथ मतदान गर्न पाउने बातावरण सरकारले बनाउनु पर्ने समेत नेता रावलले बताउनु भयोे ।
त्यस्तै एमाले सांसद गौरी वलीले जिल्लाको बिकासका लागि एमाले संग मात्रै बैज्ञानिक योजना रहेको दाबी गरेकी छन् ।
को संग भिजन छ र कस्ले जनताको पिरमर्का बुझेकोछ भन्ने कुरा डोटेली जन्ताले बुझी सकेको बताउदै सांसद वलीले भन्नु भयो ‘एमाले चर्का नारा मात्रै लाउँदैन काम पनि गर्छ भन्ने कुरा हामीले गरेको कामबाट जनताले बुझिसकेका छन्,एमालेले अवको नेपाल शान्ति र समृद्धिको नेपाल भएको देख्न चाहेको छ ।’ उक्त आमसभालाई एमालेका जिल्ला अध्यक्ष चक्र बहादुर मल्ल, पुर्व सांसद हर्कबहादुर सिंह, मञ्जु मलासी,लक्षमण मलासी लगायतका नेताहरुलाई सम्बोधन गरेका थिए ।











प्रतिक्रिया