दार्चुलामा एक यार्सा संकलकको मृत्यु


नेपाल समाचारपत्र, बैतडी ।
यार्सा संकलन गरिरहेका बेला दार्चुलामा बिहीवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका ५ सिप्टीका ३२ बर्षिय नरेन्द्र ठगुन्ना रहेका प्रहरी नायव उपरिक्षक केदार खनालले जानकारी दिनुभयो ।

अपिहिमाल गाउँपालिकाको अपिहिमाल नजिकै यार्सा संकलन गरिरेहेका बेला खानकोट भन्ने भिरमा चिप्लीएर ठगुन्नाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको एक टोली घटनास्थलतर्फ गएको छ । दार्चुलामा यस बर्ष ४ जना यार्सा संकलकको ज्यान गईसकेको छ ।