८४ हजारको स्वास्थ्य बिमा


हेटौंडा, (नेस) । स्वास्थ्य बिमा लागु भएका जिल्लामा सरकारले ८४ हजार नागरिकलाई स्वास्थ्य बिमा गराएको छ । जेठ २६ गतेसम्ममा ८४ हजार जनालाई स्वास्थ्य बिमा गरेर सेवा दिन थालिएको हो ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति काठमाडौंको आयोजनामा मकवानपुरमा रहेका सरोकारवालाका लागि सामाजिक स्वास्थ्य सुरक्षा बिमा अभिमुखीकरण कार्यक्रममा यसबारे जानकारी दिइएको हो । स्वास्थ्य बिमा गरेकामध्ये २६ प्रतिशतले उपचारसमेत गराइसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति काठमाडौंका कार्यक्रम निर्देशक डा. गुणराज लोहनीले बताए ।

पा“च जनाको परिवारले एकमुष्ट २ हजार ५ सय रुपिया“ तिरेपछि स्वास्थ्य बिमा गराउन सक्नेछन् । त्यो रकम बराबर एक वर्षसम्मको बिमा हुने र ५० हजार रुपिया“सम्मको स्वास्थ्य सुविधा सरकारीस्तरबाट लिन सकिने डा. लोहनीले बताए । बीमित हरेक परिवारले एक वर्षमा ५० हजार रुपिया“ बराबरको स्वास्थ्य सेवा पाउनेछन् । यो सदस्यता एक वर्षपछि पुनः नवीकरण गर्नुपर्ने समितिले जानकारी दिएको छ ।  हाल १५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको र त्यसअनुसार बिमा सहयोगीहरु घरघरमा आउने क्रम भइरहेको उनको भनाइ छ ।

कार्यक्रममा मध्यमाञ्चलका सहक्षेत्रीय प्रशासक कुमार खड्काले अतिगरिव परिवारलाई बिमांक छुट दिनुपर्ने बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मादुवाडी, क्षेत्रीय स्वास्थ्य निर्देशक डा. वासुदेव पाण्डे, हेटांैडा उपमहानगर उपमेयर मीना लामालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको सभाध्यक्षतामा भएको हो । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले नेपालमा पहिलोपटक कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

सरकारले कोइकाको सहयोगमा स्वास्थ्य बिमा लागु गरेको हो । सम्झौता भएका स्वास्थ्य संस्थामा बीमितहरुले २८ प्रकारका स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।