खोटाङमा निर्बाचन तयारी अन्तिम चरणमा, मतदान केन्द्रमा कर्मचारी खटाईयो


रामधन राई,खोटाङ ।
आगामी असार–१४ गतेका लागि तोकिएको दोश्रो चरणका स्थानीय तह निर्बाचनको तयारी पहाडी जिल्ला खोटाङमा अन्तिम चरणमा पुगेको छ ।

२ नगर र ८ गाउँपालिका कायम जिल्लाका हरेक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत अन्य कर्मचारी तोक्ने कार्य सम्पन्न गरी मतदान स्थलमा खटाईएको जिल्ला निर्बाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लागि दई चरणमा सञ्चालन गरिएको निर्बाचन सम्बन्धी बिशेष प्रशिक्षण अन्तर्गत पहिलो चरणमा गत मंगलबार र बुधबार सहभागी मतदान अधिकृत र सहायक मतदानसहितको कर्मचारी टोलीलाई बिहिबार मतदान केन्द्र खटाईएको छ ।

१ सय ३६ मतदान स्थलमा कुल १ सय ७३ मतदान केन्द्र तोकिएको जिल्लामा पहिलो चरणमा सदरमुकामदेखि टाढा पर्ने जन्तेढुंगा, बराहपोखरी, खोटेहाङ र ऐसेलुखर्क गाउँपालिका तथा हलेसीतुवाचुङ नगरपालिकाकाका मतदान स्थलहरुमा कर्मचारी खटाईएको हो ।

मतदान केन्द्रका लागि यसअघि नै हतियारसहितको सुरक्षाकर्मी खटाई सकिएको जिल्लाका हरेक पालिकामा आवश्यक निर्बाचन सामाग्रीसहित प्रहरी नीरिक्षकको नेतृत्वमा कर्मचारी टोली खटाउने ब्यवस्था गरिएको निर्बाचन कार्यालयले जनाएको छ । पालिकाका केन्द्रबाट मतदान केन्द्रसम्म पु¥याउन पहिले खटिएका सुरक्षाकर्मी जुटाउने तयारी गरिएको छ ।

दिपु्रङ, साकेला, लामिडाँडा गाउँपालिका र रुपाकोट मझुवागढी नगरपालिकाकास्थित मतदान केन्द्रहरुका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारी टोलीलाई समेत तत्काल खटाउने तयारी गरिएको छ ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बिहिबारदेखि शुरु गरिएको निर्बाचन बिशेष प्रशिक्षण सम्पन्न गरे लगत्तै मतदान केन्द्रमा खटाउने तयारी गरिएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

७९ वडा कायम जिल्लाका १ लाख १५ हजार ६ सय ४४ मतदाताबाट ४ सय १५ जनप्रतिनिधि चयन हुने छन् । उक्त प्रतिनिधिका लागि १८ जना स्वतन्त्रसहित १ हजार ५ सय ६२ जनाको मनोनयन दर्ता भएको छ ।

१ अति संबेदनशील, ५ संबेदन र अन्य पालिका सामान्य रहेको जिल्लाका लागि सुरक्षा ब्यवस्था कडा पारिएको सुरक्षा निकायले जानकारी दिएको छ ।