पोखरीमा डुबेर मृत्यु 

0
Shares

नेपाल समाचारपत्र, बाँके ।

बैजनाथ गाउँपालिका–१ स्थित लायन्स पार्कले बनाएको पोखरीमा पौडी खेल्ने क्रममा बुधबार अचानक डुबेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने जितबहादुर ठकुरीको छोरा १० वर्षीय ज्ञानुसिंह ठकुरीलाई स्थानियबासीको सहयोगमा प्रहरीले उद्धार गरी उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।