हातहतियार सहित पक्राउ

0
Shares

 

नेपाल समाचारपत्र, काठमाडौं ।
भोजपुर  -ट्याम्केमैयुम गाँउपालिका–४ बस्ने ३४ वर्षीय सुनिल राईलाई भरुवा बन्दुक १ नाल, बारुद करीव १० ग्राम र छर्रा २ सय ग्राम सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दिल्पा र सशस्त्र प्रहरी बलको संयुक्त टोली गस्ती गर्दै जाँदा बन्दुक पड्काएको आवाज आएपछि खोजी गर्दै जाँदा राईलाई उक्त हतियार सहित फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
दोलखा – मेलुङ–६ काउले बनस्थित चित्रे जाने बाटोमा हिँडिरहेको अवस्थामा मेलुङ १ बस्ने ४० वर्षीय दिपक श्रेष्ठ समेत ५ जनालाई एकनाले भरुवा बन्दुक २ थान र सो मा प्रयोग हुने कार्टिज बारुद सहित बुधबार प्रहरीले फेला पारी पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।