अनुगमन/निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

0
Shares

चितवन ।  भरतपुर महानगरपालिका–५ नारायणपुरस्थित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल (P2C2 Nepal) संस्थामा बुधबार बरिष्ठ प्रहरी अधिकृतहरुबाट अनुगमन/निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक देवेन्द्र सुवेदी, अपराध अनुसन्धान विद्यालयका प्राचार्य प्रहरी नायव महानिरीक्षक केदारमानसिंह भण्डारी, मध्ये क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश केसी, अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सूर्यप्रसाद उपाध्याय र उक्त प्रतिष्ठानका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद गौतम लगायतका बरिष्ठ प्रहरी अधिकृतहरुले उक्त संस्थाको स्थलगत अनुगमन÷निरीक्षण गर्नुको साथै संस्थाका पदाधिकारीहरुसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोख्रेलले  संस्थाका बालबालिकाहरुको लागि सहयोग स्वरुप प्रदान गर्नुभएको नगद ५० हजार ५ सय ५५ रुपैयाँ प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक देवेन्द्र सुवेदीले संस्थाका अध्यक्ष बेलबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

स्थलगत निरीक्षण टोलीले मानवताका लागि एकता, सामाजिक अपराध नियन्त्रणमा सहयोग तथा अपराध रहित समाजको सिर्जना र सडक बालबालिका रहित समाजको अवधारणामा समेत संस्थाले सहयोग पु¥याएको भन्दै  मन्तव्य राख्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुका साथै अग्रणी र नमुना योग्य कार्य गरेकोमा प्रशंसा तथा धन्यवाद दिई संस्थामा रहेका ३६ जना बालकहरुसित समेत भेटघाट गर्नुभएको थियो ।