डेनियल अभिनयबाट बिदा हुँदै

0
Shares

 

ओस्कार एकेडेमी अवार्ड विजेता डेनियल डे लुइसले आफ्नो अभिनय यात्राबाट बिदा लिने निर्णय गरेका छन्। ३ फिल्मका लागि ओस्कार जित्ने ६० वर्षीय उनले आफ्नो भनाइ सार्वजनिक गर्दै भनेका छन् ‘अभिनेताका रुपमा म अब काम गर्दिन।’ उनले भनेका छन् कि यो उनको निजी पैmसला हो र उनी आफ्नो सहकर्मी तथा दर्शकप्रति निकै कृतज्ञ छन्।

ब्रिटेन र आयरल्यान्डको नागरिकता राख्ने उनले सन् १९९०मा माई लेफ्ट फुट, २००८ मा देयर विल बि ब्लड तथा सन् २०१३ मा फिल्म लिंकनका लागि सर्वश्रेष्ठ अभिनेताको अवार्ड चुमेका थिए। उनको अन्य ठूला फिल्ममा द लास्ट अफ द मोहिकन्स, इन द नेम अफ फादर, द बक्सर तथा निर्देशक मार्टिन स्कार्सिर्जीको फिल्म ग्याङस अफ न्यु्योर्क हो। उनले खेलेको अन्तिम फिल्म यही वर्ष रिलिज हुँदै छ। थोमस एर्डसन निर्देशित फिल्म फ्याटम थ्रेड्स १९५० को दशकको लन्डनको फेसनमा आधारित छ।