भिडियोमा अशिष्माको जवानीका कुरा

0
Shares

 

हालैको एक दिन टन्टलापुर घाममा नायिका अशिष्मा नकर्मी तातिरहेकी थिइन्। उनी आउन आउ सम्हाली देउन मेरो जवानी भन्दै नायक पुष्पल खड्कालाई आग्रह गर्दै थिइन्। यसको प्रतिउत्तरमा पुष्पल भने लजाएर मुस्कुराइरहेका थिए।

लगत्तै कम्मर मर्काएर प्रेमीलाई जवानीको विषयमा इशारा गरीरहेकी नायिका अशिष्माको यो भावलाई नजिकबाट नियाली रहेका थिए कलाकार सुशान्त श्रेष्ठ। नजिकै छाता ओडेर बसेका निर्देशक एवम् कोरियोग्राफर गम्भिर विष्ट भने उनीहरूलाई एक्सन कट गर्नमै व्यस्त थिए। यो प्रसंग हो राजधानीको गोकर्णस्थित उत्तर बाहिनी मन्दिरमा छायांकन गरिएको म्युजिक भिडियोको दृश्यको। त्यहाँ गायिका अनिता चलाउनेको स्वर रहेको आउन आउ समाली देउन मेरो जवानी बोलको गीतको छायांकन भइरहेको थियो। गायिका चलाउने भने आफूले गाएको गीतको म्युजिक भिडियोको लिप्स सिन दिइरहेकी थिइन्।

छेउमै गीतका रचनाका शान्तिप्रिय म्युजिक भिडियोका लागि केही कन्सेप्ट शेयर गरिरहेका थिए। बिहान ९ बजे बाट छायांकन आरम्भ भएको म्युजिक भिडियोको छायांकनका लागि निर्देशक गम्भिर विष्टले साँझ सक्काए। उनले छायांकन सम्पन्न भए पछि लोक आधुनिक शैलीको यो गीतलाई गीतको भवनाअनुसार फिचरिङ गरिएको दाबी गरे। पहिलोपटक म्युजिक भिडियोमा देखिएका कलाकार सुशान्त श्रेष्ठले म्युजिक भिडियोमा काम गर्दा नयाँ अनुभव हासिल गरेको बताए। म्युजिक भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन्।

गीतमा दीपक शर्माको संगीत रहेको छ। शान्तिप्रिय रचित देखन चम्पा बोलको गीतबाट अत्याधिक चर्चामा आएका संगीतकार शर्मालाई यो गीतले पनि उचाइमा पुर्याउने विश्वास गरिएको छ। गायिका चलाउनेलाई पनि यो गीतले सांगीतिक क्षेत्रमा अगाडि बढ्न सहयोग पुर्याउने विश्वास गरिएको छ। भर्खर मात्र अधर एल्बम सार्वजनिक गरेका शन्तिप्रियले योपटक भने मौलिक लोकआधुनिक गीत लेखेको बताए।