फरक दल तर साझा समस्यामा साझा प्रतिवद्धता


नेपाल समाचारपत्र, पाल्पा ।
फरकफरक दल तर पाल्पा जिल्ला सदरमुकाम तानसेनको साझा समस्यामा आसन्न निर्वाचनमा उम्मेदवारहरुको साझा प्रतिवद्धता देखिएको छ ।

 

चुनावी मुद्दालाई सम्वोधन गर्ने क्रममा जिल्लाका ठूलादल देखि साना दलहरुले समेत खानेपानी,सडक ढल,पर्यटन विकास तथा सीमान्तकृत समूहलाई प्राथमिकता दिदै भोट माग्ने र मतदाता आर्कर्षित गरेका छन ।

 

नेपाल पत्रकार महासंघ पाल्पाले गरेको साझा संवाद विषयक कार्यक्रममा बोल्दै विभिन्न पार्टीको तर्फबाट मेयर पदका उम्मेदवारहरुले यस्तो साझा प्रतिवद्धता जनाएका हुन ।

 

नेपाली काग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार अजयमान कर्माचार्य, नेकपा एमालेका अशोककुमार शाही, नेकपा माओवादीकी प्रतिक्षा सिंजाली, राष्ट्रिय प्रजातन्त्र पाटीका रेवन्तबहादुर बिष्ट, राष्ट्रिय जनमोर्चाका टीकाराम पौडेल, राष्ट्ीय जनमुक्तिका होमबहादुर थापा, संघीय समाजवादी फोरमका कुमबहादुर घर्र्ती र स्वतन्त्रका श्रीधर पाण्डेले संयुक्त रुपमा तानसेनमा देखिएको मुख्य समस्याको रुपमा खानेपानी, सडक, ढललाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता जनाएका हुन ।

 

कार्यक्रममा वोल्दै नेपाली काँग्रेसका मेयर पदका उम्मेद्वार अजयमान कर्माचार्यले आफु मेयरमा विजयी भएमा पहिलो निर्यण अल्पसंख्यक, दलित जनजाती महिलाको लागि नगरपालिकाको तर्फबाट निःशुल्क रुपमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने बताए ।

 

तानसेनलाई सफा सुन्दर र आधुनिक शहरको रुपमा विकास गर्ने मेयर पदका उम्मेदवार कर्माचार्यले प्रतिवद्धता जनाए । त्यस्तै नेकपा एमालेका मेयर पदका उम्मेद्वार अशोककुमार शाहीे तानसेनलाई पहाडी क्षेत्रकै नमूना आधुनिक शहरको विकास गर्ने, ५ वर्षभित्र उपमहानगरपालिको रुपमा तानसेनलाई रुपान्तरण गर्ने आफनो योजना भएको वताउछन ।

 

उनले तानसेन एक घर परिवारमा एक शेयरको अभियान शुरु गरी नगरबासीकै लगानीमा, रुरु क्षेत्रमा जलविद्युत योजना सञ्चालन गरी तानसेनलाई विद्युतमा आत्मनिर्भर बनाउने , रुरु क्षेत्र ऋषिकेश मन्दिरलाई नेपालको प्रमुख धार्मिक तिर्थस्थलको रुपमा विकास गरी धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन ।

 

नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार प्रतिक्षा सिंजालीले तानसेनलाई भष्ट्राचारमुक्त शुसासनयुक्त नगरको रुपमा विकास गर्ने, सेवा प्रवाहमा छिटो छरितो गर्ने,लैगिक हिंसाको अन्त्य गरी विधुवा महिलालाई विशेष प्रकारको सुविधा प्रदान गर्ने, गाउँ–गाउँमा सिहदरवारको अधिकार स्थापित गर्ने बताइन ।

 

राप्रपाका मेयर पदका उम्मेद्वार रेवन्तबहादुर विष्टले तानसेनमा शान्ति स्थापना गरी नगरमा शुसासन कायम गर्न हिन्दु धर्मको रक्षा गर्ने, आपूmले उम्मेद्वारी दिएको बताए । आफू मेयर पदमा विजयी भएमा आफ्नो सम्पूर्ण तलव भत्ता गरिव परिवारमा खर्च गर्ने प्रतिवद्धता जनाए ।

 

राष्टीय जनमोर्चाका मेयर पदका उम्म्ेद्वार टीकाराम पौडेलले तानसेनमा देखिएको विद्युत अनियमितालाई अन्त्य गर्ने, देशको राष्ट्रियता बचाउन, संघीयता हटाउन जनमोर्चालाई मतदान आग्रह गरे ।

राष्ट्यि जनमुुक्ति पार्टीका मेयर पदका उम्मेदवार होमबहादुर थापाले तानसेनलाई भष्ट्राचारमुक्त बनाउने, तानसेनका वडा वडामा अस्पताल खोली सर्वसुलभ रुपमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने, ढल बाटो विजुलीलाई व्यस्थित रुपमा संचालन गर्ने प्रतिवद्धता जनाए ।

 

संघीय समाजवादी फोरमबाट मेयर पदका उम्मेदार वनेका हुमबहादुर घर्र्तीले मगर जातीको उत्थान, संरक्षणमा जर्गेना र चेतना जगाउने काममा आफो उम्मेदवारी दिएको बताए ।

 

स्वतन्त्र पदमा मेयर पदका उम्मेद्वार श्रीधर पाण्डेले शिक्षा देखिएको राजनीति अन्त्य गर्दै, बृद्धलाई बृद्धभत्ता भन्दापनि बालक जन्मेदेखि बचतको व्यवस्था गर्ने, युवासंग भएको लगानी उत्पादनमूलक क्षेत्रमा लगाई आयआर्जनमूखी समाजको विकासको लागि उम्मेद्वारी दिएको बताए ।

चुनावी तालमेल

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पाल्पाका विभिन्न स्थानिय तहमा राजनैतिक दलहरु चुनावी तालमेल गरिरहेका छन ।

दुइ नगरपालिका र ८ गाउँपालिका गरी १० तह रहेको पाल्पामा हालसम्म ४ ओटा स्थानीय तहमा दलहरु बीच चुनावी तालमेल भएको छ ।

 

जिल्लाको रामपुर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र, निस्दी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र रिब्दीकोट गाउँपालिकामा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा बीच चुनावी तालमेल भएको छ ।

 

रामपुर नगरपालिकामा नेकपा एमाले र माओवादी केन्द्र बिच नगरको मेयरमा नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ र उपमेयरमा दुर्गादेवी रानालाई उम्मेदर बनाउने र नेकपा माओवादी केन्द्रलाई वडा नं २ को अध्यक्ष सहित २ सदस्य, वडा नं ६ मा २ सदस्य, वडा नं ७ मा १ र ८ मा १ सदस्य दिने गरी एकता भएको छ ।

निस्दी गाउँपालिकामा पनि नेपाली कांग्रेसका शालिकराम पाण्डेलाई प्रमुख र माओवादी केन्द्रका बलु गैरेलाई उपप्रमुख गरी कांग्रेसलाई ४ वडा अध्यक्ष र माओवादीलाई ३ वडा अध्यक्ष दिने गरी तालमेल भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले बगनासकाली गाउँपालिकामा चुनावी सहकार्य गरको छ ।

 

त्यस्तै माओवादी केन्द्र र नेपाली काग्रेसले वगनास काली गाउ पालिकामा पनि सहमति गरेका छन । सहमती अनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद बस्याल र उपाध्यक्षमा माओवादी केन्द्रका कृष्णप्रसाद भुसाललाई उम्मेदवार बनाउने भएको छ ।

 

त्यस्तै माअ‍ोवादी केन्द्र, राप्रपा र जनमोर्चा वीच रिव्दीकोट गाउ पालिकामा भएको सहमति अनुसार माओवादी केन्द्रले अध्यक्ष, राप्रपा उपाध्यक्ष र जनमोर्चालाई केही वडामा वडाध्यक्ष दिने सहमति भए अनुसार उम्ेमदवारी दिइएको छ । चुनावी तालमेल पनि दलहरु एक आपसमा मिलेर प्रचार–प्रसारमा जुटेका छन ।