क्याट्रिना अब रणवीरसँग काम नगर्ने

0
Shares

 

बलिउड जोडी रणवीर कपुर र क्याट्रिना कैफले ब्रेकअपपछि पनि सँगै काम गरेको फिल्म जग्गा जासुस आगामी महिना रिलिज हुँदै छ। तर, क्याट्रिनाले यसपछि कहिल्यै पनि रणवीरका साथ काम नगर्ने प्रस्ट पारिदिएकी छिन्।

एक भारतीय सञ्चारमाध्यमका अनुसार क्याट्रिनाले हालै एक प्रवद्र्धनात्मक कार्यक्रममा अब उनका लागि रणवीरका साथ काम गर्न अत्यन्तै मुश्किल हुने बताएकी छिन्। त्यसो त जग्गा जासुसपछि रणवीर र क्याट्रिनालाई सँगै काम गर्न कुनै अफर पनि आएको छैन।