समीरले ल्याए हर्ट बिट

0
Shares

गायक समीर लिम्बुको द हर्ट बिट नामक एकल गीति अडियो एल्बम राजधानीमा आयोजित कार्यक्रमका बीच संगीतकार प्रकाश गुरुङ, राजु सिंह, वसन्त सापकोटा, गायिका कुन्ति मोक्तानद्वारा सार्जजनिक गरिएको छ।

‘समीरको स्वरमा मिठास छ। उनले यस क्षेत्रमा केही गरेर देखाउन सक्छन्’ –कार्यक्रममा समीरको संगीत गुरूसमेत रहेका संगीतकार प्रकाश गुरुङले भने। गायक समीरले ५ वर्षयता निरन्तर संगीत साधना गरेपछि एल्बम तयार पारेको दाबी गरे।

२०६५ सालदेखि स्टेज र कभर सङ गाउँदै गायनमा होमिएका समीरको एल्बममा राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बु, कमल खत्री, प्रमोद मोक्तान, कमल रसाईली, कुशल राईको संगीत रहेको छ। एल्बममा तिम्रो त्यो, मायामा, तिमीले त, धरान पूर्व, म त डुबें, वैशैमा र सोल्टिनी बोलका गीत छन्। यी गीतमा कमल रसाइली, प्रमोद मोक्तान, कमल खत्री, सुमोन गजमेर, बीआर मित्र, यासेली योङहाङ र गायक स्वयंको शब्द रचना रहेको छ।