थिएटर भिलेज नाटकका साथ युरोप टुरमा

0
Shares

 

युरोपको सबैभन्दा ठूलो अयामेच्योर नाट्य संस्थाहरूको छाता संस्थाको निमन्त्रणामा थिएटर भिलेज यही असार ६ गते मालिनीः द प्रिन्सेस अभ गार्डेन नाटक लिएर २१ दिने युरोप यात्रामा निस्कने भएको छ।

रवस्न्द्रनाथ टेगोरको नाटक मालिनीको एक नयाँ व्याख्याको रूपमा तयार भएको यो नाटक बर्लिनलगायत जर्मनीका विभिन्न शहर तथा बेल्जियममा मञ्चन हुने थिएटर भिलेजले जनाएको छ। विश्वका विभिन्न देशमा नेपालको स्थान नाटकको खुट्टाले टेकेर देखाइरहेको थिएटर भिलेजको यो यात्रामा कलाकारहरूले युरोपका केही प्रसिद्ध नाट्य संस्थाहरूबाट कार्यशाला र तालिम लिनेछन्। विमल सुवेदीको निर्देशन रहेको यो नाटकमा राजेन्द्र श्रेष्ठ, सुजन ओली, दीपेश राई, जेनी सुनुवार र नवराज पराजुलीको अभिनय रहनेछ। नाटकलाई जिवेश रायमाझीले नेपालीमा अनुवाद गरेका छन्। सन् २०१४ मा यो नाटक नेसनल एकेडेमी अफ पर्फर्मेन्स आर्ट पाकिस्तानमा मञ्चन भएको थियो। २०१६ मा भारतका विभिन्न शहरहरू हरियाणा, राजस्थान र गोवामा त्यहाँको संस्कृति मन्त्रालयसँगको सहकार्यमा थिएटर भिलेजले मञ्चन गरेको थियो।