जन्मदिनमा वियोगान्त गीत

0
Shares

गायक सीमान्त सन्तोषले जन्मदिनको अवसर पारेर वियोगान्त गीत सार्वजनिक गरेका छन्। जन्मदिनमा रमाइलो गर्ने बेलामा उनले भने प्रेमिकाले छोडेको पीडामा वियोगान्त गीत सार्वजनिक गरेका हुन्।

३ वर्षको दौरानमै धेरै गीत गाएका सन्तोषले छुटाई गयौ किन कुन्नी, दुई मुटुको नातालाई बोलको गीत सार्वजनिक गरेका हुन्। युट्युब मार्फत् सार्वजनिक म्युजिक भिडियोसमेको गीतलाई ओमनाथ कडेरियाले रचना गरेका हुन् भने कम्पोज सन्तोषकै रहेको छ।

पूर्वको क्षापाबाट गायन क्षेत्रमा होमिएका गायक सीमान्त सन्तोष स्टेज प्रर्फमेन्समा माहिर मान्निछन्। उनी स्टेजमा विभिन्न राजनीतिज्ञहरूका साथै चर्चित कलाकारहरूको क्यारिकेचर पनि गर्ने गर्छन्। गीतमा आफैं मोडलिङ गर्ने उनले उचाइ एल्बमबाट सांगीतिक यात्रा शुरू गरेका हुन्। उनी आफ्नो पहिलो गीत मेरो दिल दुखायौ के पायौबाट नै वाही वाही बटुल्न सफल भएका थिए। उनले गाएका गीतमध्ये तिमी पूजाकी थाली हौ, हेरिदेउन छड्के छड्के दर्शक स्रोताको रोजाइका गीत बनेका छन्।

‘कलाकारिता क्षेत्रमै रहेर देशका लागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले यो क्षेत्रमा आएका हुँ। मानव भएपछि कुनै विशिष्ट कार्य गर्न एउटा कुनै क्षेत्र चाहिन्छ, मैले कलाकारितालाई रोजें’ –उनी भन्छन्।