लिन्डेलफ म्यानचेस्टर जाने

0
Shares

 

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडले स्वीडेनका भिक्टर लिन्डेलफलाई अनुबन्धित गर्ने पक्का भएको छ।

पोर्चुगिज क्लब बेन्फिकाका डिफेन्डर लिन्डेलफलाई युनाइटेडले ३१ मिलियन पाउण्डमा भित्त्याउने जनाएको छ। योसँगै युनाइटेडले सिजनकै पहिलो अनुबन्धनसमेत गरेको छ। युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होल उनलाई जनवरीदेखि नै पछइइरहेका थिए। क्लबहरूबीच सहमति भए पनि खेलाडीसँग भने युनाइटेडले अझै सम्झौता गर्न बाँकी रहेको जनाइएको छ।

सेन्टर ब्याक लिन्डेलफको आगमनसँगै युनाइटेडको मध्य डिफेन्समा एरिक बेली, मार्कस रोजो, फिल जोन्स र क्रिस स्मलिङ रहेका छन्। मोउरिन्होले अर्को सिजन जोन्स वा रोजो मध्ये एक खेलाडीलाई मात्र युनाइटेडमा राख्नेछन्। बेनेफिकामा ४७ म्याच खेलेका २२ वर्षीय लिन्डेलफले स्वीडेनको राष्ट्रिय टोलीबाट पनि १२ पटक खेलिसकेका छन्।