बझाङ्गी महिला उप-प्रमुखमै सिमीत


ललित सिहं, बझाङ्ग । बझाङ जिल्लामा ठूला तथा साना दलहरुले उम्मेदवारको टुंगो लगाएको भए पनि स्थानीय तहको प्रमुख पदमा महिला उम्मेदवारको नाम समावेश भएको छैन । समग्रमा हेर्ने हो भने बझाङमा स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी शून्य देखिएको छ । ठूला दल नेकपा एमाले,नेपाली काँग्रेस र माओवादि केन्द्रले महिलालाई प्रमुखको उम्मेदवार नबनाएर उप प्रमुखमै सिमीत भएकी छन् ।

 

साना दल नयाँशक्ति राप्रपा जनमोर्चा लगायतका दलले ठूला दलसँग तालमेलको तयारी गरेकाले प्रमुख पदमा उम्मेदवार उठाएका छैनन् । दश गाउपालिका र दुई नगरपालिका रहेको बझाङमा वडा अध्यक्षमा समेत महिलालाई अध्यक्ष पदको टिकट दिईएकोे छैन ।

 

जिल्लाका प्रमुख तीन दलहरु बीचको चुनावि प्रतिस्पर्धामा महिला उम्मेदवार उठाउँदा पराजित हुने डर र महिलाहरूले दबाब दिन नसक्दा प्रमुख पदको टिकट पाउन नसकेको महिला अधिकारकर्मी जयन्ती जोशीको भनाइ छ ।

 

एक त महिला आफैमा आत्माविश्वास छैन अर्को कुरा राजनैतिक दलहरुको मानसिकता अझै पनि महिला केहि गर्न सक्दैनन भन्ने भएकाले महिलाहरूले पार्टी निर्णय स्विकार्न बाध्य भएको बताईन ।

 

झण्डै वीस बर्ष पछि स्थानिय तहको निर्वाचन हुन गई रहेकाले आफु भन्दा सिनियर नेतृत्वका व्यक्तिहरु बाँकी रहँदा आफुले मेयरको टिकट नपाएको काँग्रेस बाट उपमेयर पदका उम्मेदवार अमृता देवी सिंहको भनाई छ । जयपृथ्वी नगरपालिकाको मेयर पदका लागी आफ्नो दावी भएको भए पनि आफु भन्दा अग्रणी व्यक्तित्वहरुको योगदानका कारण पार्टीको निर्णय स्वीकार्नु परेको र उपमेयरमा चित्त बुझाउनु परेको जयपृथ्बी नगरपालिका की उपमेयरकी उम्मेदवार अमृता देबी सिहंको भनाई रहेको छ ।

 

लामो समय पछि हुन गईरहेको स्थानिय तहको निर्वाचन संघिय प्रणालि बाट हुन गईरहेकाले आफुलाई एक्कासी मेयर पदमा दावी गर्न अप्ठयारो भएको जयपृथ्वी नगरपालिका नेकपा एमाले उपमेयरका उम्मेदवार जुना जाग्रीले बताईन । लामो समय पछि निर्वाचन हुदा हामीले पार्टीको वरियताक्रम र योगदान दिएको व्यक्ति लाई प्रमुख छानेको र आफुहरुले जिद्धि गरेको भए मेयरको टिकट पाउथ्यौँे एक्कासी जिम्म्ेवारी सम्हाल्दा असजिलो हुन्छ कि भन्ने डरले मेयरको टिकट नलिएको उनको भनाई छ ।

 

त्यस्तै माओवादि केन्द्र उपमेयरका उम्मेदवार सरिता खडकाको पनि भनाई उस्तै छ लामो समय पछि नयाँ ढंगले निर्वाचन हुन गई रहेको र सिंहदरवारको सेवा गााउघरमा दिनुपर्दा सेवाग्राहिलाई भने जस्तो सेवा दिन सकिदैनकि भन्ने सोच आएकाले मेयरको दावी नगरेको उनको भनाई छ ।