औरहीमा एक युवती बलात्कृत


लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको औरहीमा एक युवती बलात्कृत भएकी छिन् ।

औरही गाउँपालिका २ मा आईतबार साझ अन्दाजी १८ वर्षीया एक युवतीलाई चार जना अपरिचित युवाको समूहले सामुहिक बलात्कार गरेको छ ।

साँझ ती युवती पसल बन्द गरेर घर जाने क्रममा पसलबाट आधा दुरी पार गर्दैको अवस्थामा एक्कासी चार जना अपरिचित युवाको समूहले युवतीलाई सामुहिक बलात्कार गरेको गौशाला प्रहरी कार्यालयका डिएसपी शम्भु पौडेलले बताए ।

बलात्कारकै समयमा ती युवती कराउनथालेपछि औरहीका स्थानियवासीहरुले आवाज सुनि घटनास्थलमा पुग्दा उनीहरु त्यहाँबाट फरार भएका थिए ।

स्थानियवासीहरुले तुरन्तै वडा प्रहरी कार्यालय औरहीमा खबर गरे पश्चात त्यहाँबाट आएका प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बलात्कृत किशोरीलाई उपचारको लागि राति नै जनकपुर अञ्चल अस्पतालतर्फ पठाईएको साथै उक्त घटनाको अनुसन्धानको लागि भन्दै वडा प्रहरी कार्यालय औरहीले स्थानिय एक गाउँलेलाई नियन्त्रणमा लिदा स्थानियहरुले नीज व्यक्ति निर्दोष रहेको भन्दै उनलाई छुटाउन राति नै वडा प्रहरी कार्यालय परिसरमा गई नाराबाजी सहित ढुंगामुढा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीबाट पाँच राउण्ड हवाईफायर भए पश्चात स्थानियहरु त्यहाँबाट भागेको वडा प्रहरी कार्यालय औरहीका असई प्रमोद साहले जानकारी दिए ।
यता वडा प्रहरी कार्यालय औरहीले पक्राउ परेकालाई छुटाउन ढुंगामुढा गरिएपश्चात हामीले बाध्य भएर स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर चलाउनुपरेको र त्यस क्रममा हाम्रा तीन जना प्रहरी जवान समेत घाइते भएको बताए ।
बलात्कार गर्ने अपरिचित चार जनाको युवा समुह फरार रहेको र उनको खोजतसास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताए । यस्तो नघन्य अपराध गर्नेलाई कडाभन्दा कडा सजाय पाउनुपर्दछ भनी औरही बजारका व्यापारीहरुले बिहानैदेखि बजार समेत बन्द गरेका छन् । पीडितको स्वास्थ्य परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।