ब्याटम्यान एडम रहेनन्

0
Shares

 

संसारकै पहिलो ब्याटम्यान अर्थात् अमेरिकी अभिनेता एडम वेस्टको ८८ वर्षको उमेरमा निधन भएको छ।

उनले १९६० को दशकममा ब्याटम्यानको हिट टिभी सिरिजमा सुपरहिरो ब्रुस वेनको शीर्ष भूमिका निर्वाह गरेका थिए। उनका प्रवक्ताले सञ्चारमाध्यमलाई बताएअनुसार वेस्टको ल्युकेमियासँगको छोटो बहादुर लडाइँपश्चात् लस एन्जलसमा मृत्यु भएको हो। ल्युकेमिया एक प्रकारको क्यान्सर हो। जसमा रगतमा सेता रक्तकोषिकाहरुको मात्रा अधिक मात्रामा बढ्छ। ब्याटम्यानको भूमिकापछि उनलाई ठूलो भूमिकामा खेल्नका लागि निकै मेहनत गर्नुपरेका थियो। तर, अमेरिकन एनिमेटेड सिरिज फ्यामिली गायमा खेलेपछि उनले धेरै प्रशंसक बटुलेका थिए। यो सिरिजको २००२ मा आएको दोस्रो सिजनमा उनी पहिलोपटक देखिएका थिए।

यो सिरिजका निर्माता सेथ म्याक फार्लेनले उनलाई श्रद्धाञ्जली दिँदै ट्वीटरमार्फत् आफूले राम्रो साथी गुमाएको र उनको जग कसैले लिन नसक्ने बताएका छन्। उनको परिवारले एक बयानमा भनेका छन्– ‘हाम्रा पिताले आफूलाई सधैं द ब्राइट नाइट माने र आफ्ना प्रशंसकलाई सकारात्मक तरिकाले प्रभावित गर्न चाहे, उनी हाम्रँे हिरो थिए र सधैं रहनेछन्।’