सोह्र यात्रु घाइते


 

पथरी (मोरङ), २८ जेठ । धनपालथान गाउँपालिका–६ स्थित रङ्गेली–विराटनगर सडकखण्डमा आज बस पल्टिँदा १६ यात्रु घाइते भएका छन् ।

विराटनगरबाट रङ्गेलीतर्फ जाँदै गरेको को१ख ३०१५ नं को बस विपरीत दिशाबाट आउँदै गरेको को५प ९२१३ नं को मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक मोरङ भौँडाहा–५ का धनेश सरदारसहित अन्य घाइते यात्रुको विराटनगरस्थित कोसी अञ्चल अस्पताल र गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । रासस