संकटा र आर्मी फाइनलमा

0
Shares

काठमाडौं, (नेस)
सीएमजी संकटा क्लब र विभागीय टोली नेपाल आर्मी क्लबले दोस्रो ललित स्मृति यु–१८ प्रतियोगिताको फाइनलमा खेल्ने भएका छन्।

शनिबार एन्फा कम्प्लेक्स मैदानमा संकटाको भाग्य पेनाल्टीमा चम्केको थियो। पेनाल्टी सुटआउटमा संकटाले फ्रेन्ड्स क्लबलाई ४–२ ले हराएर फाइनलको यात्रा तय गरेको थियो। जब कि आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती ४–० ले पन्छाएको थियो। फाइनल खेल सोमबार खेलिनेछ।

संकटा र फ्रेन्ड्सबीचको खेल १–१ बराबरीमा निर्धारित समय समाप्त भएपछि पेनाल्टीमा निर्णय भएको थियो। रञ्जित गुरुङले ४२औं मिनेटमा गोल गरेर संकटालाई अग्रता दिलाए तर सुमनी चोहान मगरले ४७औं मिनेटमा फ्रेन्ड्सका लागि बराबरी गोल फर्काएका थिए।

यस्तै अर्को सेमिफाइनल खेलमा दिनेश योञ्जनले आर्मीको जितमा ह्याट्रिक गरेका थिए। याञ्जनले १५औं, ४४औं र ७२औं मिनेटमा गोल गरेका थिए। प्रिजन तामाङले ८८औं मिनेटमा एक गोल थपेपछि आर्मीको फराकिलो जित भएको थियो।