मेलिनालाई स्वर्ण

0
Shares

काठमाडौं, (नेस)
नेपालकी मेलिना मगरले दोस्रो आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ केजीमा शनिबार स्वर्ण जितेकी छन्।

अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मेलिनाले नेपालकी मनिषा चौधरीलाई पराजित गरिन्। नेपालका शान्ता श्रेष्ठ र सिर्जना महर्जन तेस्रो भए।

त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५५ केजीको उपाधि विजय श्रेष्ठले जिते। उनले फाइनलमा नेपालका आशिष लामालाई हराए। नेपालका सोनाम लामा र सन्देश लामा संयुक्तरूपमा तेस्रो बने।

महिला ६१ केजीमा नेपालकी रूपा महर्जन पहिलो भइन्। रूपाले उपाधि भिडन्तमा नेपालकी अनु गुरुङको चुनौती समाप्त पारिन्। नेपालका सोनी मोक्तान र एस्टर राई तेस्रो स्थानमा रहे।

पुरुष ५० केजीको फाइनलमा नेपालका नवराज श्रेष्ठले नेपालकै मनिष थापालाई पाखा लगाउँदै स्वर्ण चुमे। नेपालका विक्रम तामाङ र प्रिन्स स्याङ्तान तेस्रो भए। पुरुष ६० केजीको फाइनलमा नेपालका सुजन श्रेष्ठले बाजी मारे। उनले फाइनलमा नेपालका गणेशलाई निराश पारे। नेपालका सञ्जयबहादुर थापा र राविज पुडासैनी तेस्रो भए।