७० लाखको अवैध काठ हेटौंडा ल्याइयो


हेटौंडा,(नेस) । मकवानपुरको बकैया गाउँपालिका–६ स्थित बाघभैरव सामुदायिक बनमा चोरी निकासीका लागि कटान गरिएको काठ जिल्ला बन कार्यालय मकवानपुरले हेटौंडा ल्याएको छ ।

मंगलबार विहान करिब ११ बजे इलाका बन कार्यालय छतिवनबाट खटिएको टोलीले बरामद गरेको काठ बिहीबार साँझ हेटौंडा ल्याएको हो । जिल्ला बन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले बरामद भएको काठका सम्बन्धमा सम्बन्धित सामुदायिक बनका अधिकारीसँग अनुसन्धान गरिने बताए ।

प्रहरीसहित जिल्ला बन कार्यालयको टोलीले काठ बरामद गरेको थियो । काठ तस्करले बेच्न लैजान लागेको खबर प्राप्त भएपछि आफूहरु उक्त स्थानमा जा“दा काठ फेला परेको हात्तीस“ुडे प्रहरी चौकी प्रमुख जयप्रकाश पाण्डेले बताए ।
प्रहरी काठ बरामद गर्न जा“दा तस्कर फरार भएका थिए । केही महिलाले खुकरी र क“चियालगायत घरेलु हतियार लिएर काठ बरामद नगर्न प्रहरीलाई चेतावनी दिएका थिए । प्रहरी आउने खबर तस्करहरुले पाएकाले उनीहरुले केही काठलाई जमिनमा गाडन भ्याएका थिए । उक्त काठको बजार मूल्य करिब ७० लाख रुपिया“ रहेको प्रहरी भनाइ छ ।