ज्ञानार्जनका लागि परीक्षा


हेटौंडा, (नेस) । मानव सेवा आश्रम र आश्रमको मातृसंस्था सर्वोत्कृष्ट जीवनःशाश्वत् चिन्नत (सा“चो जीवन निर्माण अभियान) को आयोजनामा देशकै असल अनि सफल व्यक्तित्वहरुबाट हेटौंडामा असार १० गतेदेखि १७ गतेसम्म छैठौं ज्ञान हस्तान्तरण कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा सहभागी भएर ज्ञानार्जन गर्न चाहनेले मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौंडालगायत सेवा सञ्चालन भइरहेका जिल्लास्थित शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिने आश्रमले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन असार ६ गतेसम्म आवेदन दिनुपर्ने तथा मौखिक र लिखित परीक्षा पास भएपछि मात्र कार्यक्रममा सहभागी बन्न पाइने आश्रमले जनाएको छ । जोड दुई वा सोसरह परीक्षा उत्तीर्ण गरेकाले एक हजार ५ सय रुपिया“ शुल्क बुझाएर तालिममा सहभागी हुन पाउनेछन् ।

७ दिने आवासीय कार्यक्रममा देशविदेशका ख्याति आर्जन गर्न सफल व्यक्तित्वहरुबाट ज्ञान हस्तान्तरण हुने बताइएको छ । आर्जन गरेको ज्ञान आपतविपत्मा काम आउने भन्दै आश्रम यस्तो अभियानमा जुटेको हो ।
सुख, शान्ति, सम्बृद्धि, सफलता अनि आनन्दमय जीवनयापनको आधारशीलामा चिन्तन, आत्मिक उन्नति एवम् ज्ञान र कलाको विकास गरी समाजको सकारात्मक रुपान्तरण अभियानमा सहभागी हुन आश्रमले आग्रह गरेको छ ।