हावादारी गफ बन्दै गा“जाको विकल्प


हेटौंडा, (नेस) । स्थानीय प्रशासनले संविधानसभा दोस्रो निर्वाचनताका मकवानपुरमा विभिन्न सरकारी, गैरसरकारी, निजी तथा स्थानीय निकायस“गको सहकार्यमा गा“जा प्रभावित गाविसहरुमा एक करोड रुपिया“ बराबरको बैकल्पिक प्याकेज लैजाने बताएको थियो ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको सक्रियतामा हेटौंडामा आयोजित गा“जाखेती बिस्थापनका लागि सरोकारवालाबीचको छलफलले यस्तो प्याकेज तयार पारेको थियो ।
गा“जा प्रभावित आठ गाविसका लागि एक करोड रुपिया“बराबरको प्याकेज तयार भएको हो । छलफलबाट ‘एक हप्ताभित्र एकीकृत विकास अवधारणा तयार पारेर गा“जा प्रभावित क्षेत्रमा विभिन्न विकल्पहरु लैजाने’ निष्कर्ष निकालिएको थियो ।
सबै क्षेत्रले गा“जाको विकल्प बोकेर गा“जा प्रभावित क्षेत्रमा जाने प्रतिवद्धता जनाए । तीन वर्षे एकीकृत गुरुयोजना तयारीको प्रयास पनि भयो । जिल्लामा गा“जा खेती क्रमशः हट्दै विकल्प दिएपछि पूर्णरुपमा हट्ने प्रशासनको विश्वास थियो ।
प्रशासनले स्थानीय निकाय, विषयगत कार्यालय, निजी क्षेत्र, प्लान इन्टरनेसनल, कोसान, एमडीआई, एमआरसी, आरआरएन र नारी सिप सृजना केन्द्रस“ग सहकार्य गर्ने नीति लिएको थियो ।
छलफलबाट क्षेत्र नम्बर–४ मा दोस्रो संविधानसभामा निर्वाचित सांसद् राजाराम स्यांतानको संयोजकत्वमा प्रजिअ, स्थानीय विकास अधिकारी, साना किसान सहकारी अध्यक्ष, गैरसरकारी संस्था अध्यक्ष र जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा सदस्य रहने गरी कार्यटोली गठन गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कृषि कार्यालय प्रमुख, डिभिजन सहकारी कार्यालय प्रमुख, गा“जा प्रभावित किसान सम्मिलित अनुगमन टोली पनि गठन गरियोे । तर, जिल्लामा हालसम्म कसैले गा“जाको न विकल्प दिए न त प्याकेज नै ।
अब फेरि जिल्ला कृषि विकास कार्यालय तातेको छ । पश्चिम मकवानपुरको राक्सिराङ, कैलाश तथा भीमफेदी गाउ“पालिकाका केही स्थानमा जिल्ला कृषि विकास कार्यालय मकवानपुरले गा“जा बिस्थापित गर्दै धान खेती गर्नेलाई धानको बिउ निःशुल्क बितरण गर्ने योजना बनाएको छ । कार्यालयले गा“जा हटाएर धान लगाउने कृषकको लागि नया“ ‘प्याकेज’ लागु गरेको हो ।
बाली विकास शाखाका चन्द्रकान्त चौधरीका अनुसार मकैभित्र धान लगाउन चाहने करिब ५० कृषकलाई उनीहरुको जग्गाअनुसार धानको बिउ बितरण गरिने छ । पहिलो चरणको कार्यक्रमअन्तर्गत् अन्य एक सय परिवारलाई प्रतिकिलो १० रुपिया“मा धानको बिउ बितरण गरिने उनको भनाइ छ । अवैध गा“जालाई मुख्य खेती बनाएका परिवारका लागि ल्याइएको योजनलाई परिवारलाई फाइदा पुग्ने विश्वास कार्यालयले लिएको छ ।
गा“जा उत्पादन र कारोबारको ‘पकेट क्षेत्र’ का रुपमा चिनिएको मकवानपुरको नामटारका राजनीतिक दलका प्रतिनिधि र गाविसका अगुवा किसानले गा“जा खेती गाउ“बाट बिस्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, व्यवहारमा त्यस्तो हुन सकेको छैन ।
गा“जा बोकेकोे आरोपमा नामटार गाविसका १४ वर्षीय किशोरदेखि ७७ वर्षीय वृद्धसमेत एकसय ४६ जना मकवानपुर, चितवन, धादिङ र काठमाडौंलगायत मुलुकका विभिन्न जेलमा छन् । लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले नामटारमा गा“जा खेती र ओसारपसारविरुद्ध अभियान नै गरेको थियो । कार्यक्रममा गाउ“लेले गा“जा त्याग्ने सार्वजनिक प्रतिवद्धता व्यक्त गरेका थिए ।
लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले मकवानपुरको गा“जा उत्पादन हुने नामटार, कालिकाटार र भार्ताका विद्यालय र समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।
मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा जेलजीवन बिताइरहेका कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारमा सजाय भोग्नेहरु छन् । लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ मानिने मकवानपुरका युवा लागुऔषध ओसारपसार मुद्धामा देशका विभिन्न क्षेत्रका कारागारमा जेलजीवन बिताइरहेका छन् ।
आर्थिक विपन्नता र बेरोजगारीका कारण बाध्य भएर लागुऔषध बोक्ने भरिया बन्दा जिल्लाका पश्चिमोत्तर १२ गाविसका ३ सय ५० भन्दाबढी युवा जेलजीवन बिताउन बाध्य भएका हुन् । युवाशक्ति विदेश पलायन हुनु सामान्य बन्दै गएको अवस्थामा युवाले जेलजीवन बिताइरह“दा गाउ“को विकास ओझेलमा परेको छ ।