रोनाल्डो विश्वका धनी खेलाडी

0
Shares

लन्डन, (एजेन्सी)
रियल मेड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वको सर्वाधिक कमाउने खेलाडीमा पहिलो स्थानमा कायमै रहेका छन्।

फोब्र्सले बुधबार सार्वजनिक गरिएको विश्वका सर्वाधिक कमाउने १ सय खेलाडीको सूचीमा रोनाल्डो लगातार दोस्रो वर्ष पहिलो स्थानमा रहेका हुन्। फोब्र्सका अनुसार उनले ९ करोड ३० लाख डलर कमाएका छन्।

सन् २०१७ मा सर्वाधिक कमाउने सूचीअनुसार दोस्रो स्थानमा अमेरिकी नेसनल बास्केटबल खेलाडी लिब्रोन जेम्स रहेका छन्। उनले ६ करोड ६६ लाख पाउन्ड कमाएका छन्। त्यस्तै रोनाल्डोका ला लिगा प्रतिद्वन्द्वी बार्सिलोनाका लियोनल मेसीले ६ करोड १८ लाख पाउन्ड कमाएर विश्वका तेस्रा धनी खेलाडी बनेका छन्। त्यस्तै टेनिसका रोजर फेडेरर ४ करोड ९४ लाख पाउन्डसहित चौथो स्थानमा रहे।

म्यानचेस्टर युनाइटेड धनाढइ् क्लब
बिजनेस म्यागाजिन फोब्र्सले वार्षिक धनाढ्य क्लबको सूची निकाल्दा म्यानचेस्टर युनाइटेड विश्वकै सर्वाधिक धनी क्लब सावित भएको छ। बुधबार फोब्र्सको मूल्यांकनअनुसार प्रिमियर लिग क्लब युनाइटेडले २ अर्ब ८६ करोड पाउन्ड कमाएको छ।

गत महिनामा मात्रै क्लबको इतिहासमै पहिलो पटक युरोपा लिग जितेको युनाइटेड पाँच वर्षमा पहिलो पटक शीर्ष स्थानमा उक्लेको छ। फोब्र्सले २०१५–१६ सिजनमा क्लबहरूले वर्षभरि कमाएको आधारमा विश्वका २० धनी क्लबको सूची सार्वजनिक गरेको हो।

जसअनुसार हालै च्याम्पियन्स लिगमा लगातार दोस्रो पटक उपाधि जितेको स्पेनी ला लिगा क्लब रियल मेड्रिड तेस्रो धनी क्लब बन्दा उसको प्रतिद्वन्द्वी बार्सिलोना दोस्रो धनी क्लब बनेको छ। रियलले २ अर्ब ७७ करोड कमाउँदा बार्सिलोनाले रियलले भन्दा ९ करोड बढी पाउन्ड कमाएको छ।