आश्रित विद्यार्थीलाई कपडा तथा नगद वितरण


नेपाल समाचारपत्र, भद्रपुर ।

झापा जिल्लाका आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन, बहिरा तथा सुस्त मनस्थिती भएका आश्रित विद्यार्थीहरुलाई झापाको भद्रपुरमा एक कार्यक्रमका बिच कपडा तथा नगद वितरण गरिएको छ । झापा भद्रपुरका युवा व्यवसायी, समाजसेवी सञ्जिव घोष तथा उनका भाईद्धय सञ्जय र पप्पु घोषले ती विद्यार्थीहरुलाई लत्ताकपडा तथा नगद वितरण गरेका हुन् ।
घोष परिवारले १ सय ४८ जना विद्यार्थीहरुलाई कुर्ता सुरुवाल, भेष्ट हाफ्पेन्ट, टि सर्ट सहित नगद वितरण गरेको जनाइएको छ । उनीहरुलाई उनिहरुलाई खाना खुवाउनुका साथै मंलगसेवा समिति भद्रपुरले आवतजावतका लागि निशुल्क बस व्यवस्थापन गरिदिएको थियो ।
तारावारी आधारभुत दमकका ११ जना, सरस्वती मावि दमकका १५ जना, मंगलमय मावि लखनपुरका ३१ जना, हिमाली आधारभुतका २० जना, कनकाई माविका १३ जना, मोहनमाया माविका २१ जना, विराट आधारभुतका ३१ जना र दुर्गा मावि गरामनीका ७ जना गरी १ सय ४८ जना विद्यार्थीसहित शिक्षक तथा अभिभावकको उल्लखेनिय उपस्थिती रहेको थियो । कार्यक्रममा झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल, भद्रपुर नगरपालिका कार्यकारी अधिकृत काजीमान राई, पत्रकार, स्थानीयबासीको समेत सहभागिता रहेको थियो ।
व्यवसायी सञ्जिव घोषका अनुसार सरकारले यस्ता विद्यार्थीहरुलाई निशुल्क पठनपाठन गराएपनि उनीहरुको जिवन आम मानिस जस्तो नहुनेभएकोले यसप्रति खासै कसैले ध्यान नदिने गरेको पाएपछि सेवा नै धर्म हो भन्ने भावना जागेर विद्यार्थीहरुको हौसल्ला बढाउने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरेको बताए ।

यसअघि सञ्जिवले पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा झापा जिल्लाबाट छनौट भएका एकसय जना खेलाडी तथा प्रशिक्षकलाई बन्द प्रशिक्षण कार्यक्रममा सहभागि भएकालाई पाँच दिन सम्म निशुल्क खाना तथा नास्ता खुवाएका थिए ।