मुगुमा आलु उत्पादन बढ्यो

0
Shares

बीरबहादुर बम, मुगु । मुगु–जिल्लामा नगदे बालीको रुपमा चिनिने आलु उत्पादन बढ्दै जान थालेको छ ।
गाउ“मा उत्पादन हुने आलु बजार क्षेत्रमा सहजै रुपमा बिक्री हुन थालेपछि पाखो जग्गामा अन्य बाली छोडेर पनि स्थानीय कृषकले आलु लगाएर आफनो बार्षिक जीविकोपार्जन गर्न थालेका छन् ।

सोबा, मन्दु, कोटीला, ताल्च, माग्री, चितै, पुलु, खमाले, लगायत बस्तीहरुमा मुख्य आलु पकेट क्षेत्र मानिने भएपनि यस जिल्लाको औल बस्ती देखि उच्च लेकालि बस्तीहरुमा आलु फल्ने गरेको छ ।

ग्रामिण बस्तीहरुमा सडक सञ्जाल बिस्तार हुन थालेपछि बारी देखि पाखो जग्गामा फलेका आलु बजार क्षेत्रमा पु¥याएर बिक्री गरि जीविकोपार्जनको लागि स्थानीयबासीले आलु खेती लाई जोड दिन थालेका छन् ।
बिगत बर्षहरु भन्दा केही समय यता देखि बढी आलु बिक्री हुन थालेपछि अन्य बाली छोडेर पनि आलु उत्पादनमा जोड दिएको सोबा गाउ“का धर्मदत्त बुढाले भने गाउ“को अर्गानिक आलु शहरमा पुग्न थालेको छ ।

सोबा गाउ“को करिव डेढ सय घरधुरीमा प्रति घर ३० देखि ४० क्वीन्टल आलु उत्पादन हुने गरेको बुढाले भने यत्रो संख्यामा आलु उत्पादन हुदा पनि केही खादै केही बिक्री गर्दै अझै बर्ष भरि पुग्दैन् ।
ग्रामिण क्षेत्र बाट बिक्रीको लागि गमगढी बजार क्षेत्रमा आएको आलु मौसम प्रति किलो २५ देखि ३० र बेमौसमा प्रति किलो ४० देखि ५० रुपैया“ बिक्री गर्दा कृषक लाई बढी फाइदा हुने गरेको छ ।

पुर्बी करान भेगको डोल्फु गाविसको चितै गाउ“ र सिमा मुगु गाउ“मा उत्पादन हुने आलु सबै भन्दा स्वादीलो पोसिलोको रुपमा चिनिन्छ । उक्त आलु बिक्रीले लागि गमगढी बजारमा किन्न हानथाप हुने गरेको छ ।

जिल्लामा करिव ६ सय २५ हेक्टर जमिनमा खुमल सेतो, १ कुफ्रिज्योति १ सिभ ८८ कटनेल लगायत प्रजातिको ६ हजार १ सय ६२ मेट्रिकटन आलु बार्षिक रुपमा उत्पादन हुने गरेको कृषि बिकास कार्यालयले जनाएको छ ।
बार्षिक रुपमा आलु उत्पादन बढ्दै गएको जिल्ला कृषि बिकास कार्यालयका योजना अधिकृत बद्री नारायण देब भन्छन् “सडक यातायातले गर्दा यहा“का अर्गानिक आलु सुर्खेत नेपालगञ्ज जुम्लासिजातिर निर्यात हुन थालेको छ” ।

ताल्च, पिना, झयारी, मुन्दु, कोटीला लगायत बस्तीस्तरमा उत्पादन हुने आलु प्रति किलो २० देखि २५ रुपैया“ खरिद गरि गाडीमा तराई पु¥याएर ५० देखि ६० रुपैया“मा बिक्री हुने गरेको छ ।
ब्यापारीहरु घरमै आलु खोज्न आउ“ने गरेको ताल्चा गाउ“का हरिबहादुर बिकले भने “पहिले अलिअलि तरकारी खाने आलु लगाउ“थे आजकाल एक डेढ रोपनी जग्गामा आलु लगाउ“न थालेका छन्” ।

गमगढी बजार क्षेत्रका होटलवाला लाई आलु उत्पादनले गर्दा तरकारी देखि अन्य परिकार बनाउ“न बाहैमास सजिलो भएको छ । गमगढीमा मात्र प्रति दिन ५ क्वीन्टल भन्दा बढी आलु खपत हुने गरेको छ ।

पहिले आलु खोज्न गाउ“तिर जानु पथ्र्यो सयपत्री होटलका मालिक राजबहादुर रोकायाले भने “दुई चार बर्ष यता देखि आलु देखि अन्य तरकारी फालाफाल छ ग्राहक लाई खाना नास्ता खुवाउ“न सुबिधा भएको छ” ।