पालुङ्टारमा करेन्ट लागि एकको मृत्यु


सन्तोष अधिकारी, गोरखा । जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ का ६७ वर्षका लालबहादुर कुमालको करेण्टलागि मृत्यु भएको छ ।

आफ्नै घरमा विद्युत जडा गर्नेक्रममा करेण्ट प्रवाह भइरहेको नांगो तार छोइदा घटना स्तथलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बीरेन्द्र थापाले जानकारी दिए ।घटना पछि इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टोलीले प्रारम्भीक अनुसन्धान गरी मृतक कुमालको शव पोष्टमार्टमका लागि गोरखा जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।