एकै पदमा ससुरा बुहारी उम्मेदवार


अनिल खत्री, गुल्मी । दोस्रो चरणको निर्वाचनको मिति नजिकिन थालेसगै बिभिन्न खाले उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

गुल्मीमा एकै पदमा एउटै घरका ससुरा बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेपछी चुनावी रैनकता फरक खालको बनेको छ । ईस्मा गाउँपालिकाको वडा नम्वर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उमेदवार बनाएको छ भने नेपाली कांग्रेसले उनकी वुहारी हुमकला सार्कीलाई वडा सदस्यमै उमेदवार बनाएको छ ।
चुनाव जित्तुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन ‘जनताले मलाई जिताउने कुरामा म ढुक्क छु ।’ माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुमबहादुर भन्छन् ‘हेनुस् राजनीति हो बुहारी भन्ने कुरै हुन्न प्रतिष्पर्धा नचल्ने कुरै भएन, म जनयुद्ध काल देखि राजनीतिमा लागेको मान्छे हुँदा जनताले मलाई नै जिताउने कुरामा म पनि ढुक्क छु ।’

२०७० साल सम्म नेकपा एमालेमा रहेकी बुहारी कांग्रेसमा प्रबेश गरेर उम्मेदवार बनेकी छन् । उनका ससुरा भने २०५८ साल देखि नै माओवादीमा लागेको बताउँछन् ।

एकै घरका दुई भाई दुई पार्टीका उम्मेदवार
दोस्रो चरणमा हुने स्थानिय निर्वाचनमा गुल्मीमा एकै घरमा दाजुभाई र ससुरा बुहारी चुनावी मैदानमा उत्रिएका छन् । विहान उठे देखि एकातिर भाईका विरुद्ध दाजु चुनावी प्रचारमा जुटेने गरेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिकाको एउटा वडामा र ईस्मा गाउँपालिकाको एउटा वडामा यसरी एकै घरका दाजु भाई र ससुरा वुहारी विच एउटै पदका लागि दुई अलग अलग पार्टीबाट चुनावी भिडन्त सुुरु भएको हो । मुसिकोेट नगरपालिका वडा नम्वर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट यमबहादुर खत्री उमेदवार रहेका छन् भने नेकपा एमालेबाट उनका भाई ओमबहादुर खत्री वडामा अध्यक्षका उमेदवार बनेका हुन् ।

भाई ओमबहादुर पनि दाजु एमबहादुरलाई हराएरै चुनाव जित्ने बताउँछने भने दाजु एमबहादुर पनि भाईलाई हराएरै चुनाव जित्ने दावी गरेका छन् । उनिहरुका स्वर्गिय पिता भिमबहादुर खत्री पनि तत्कालि जिल्ला पञ्चायतको सदस्य हुँदै लामो समय देखि राजनितीमा होमिएका व्यक्ति थिए ।

उनकै प्रेरणाबाट उनका माईला छोरा एमबहादुर नेपाली कांग्रेसमा र काईला छोरा ओमबहादुर नेकपा एमालेको सक्रिय राजनीतिमा लामो समय देखि जुट्दै आएका छन् । एउटै घरका दुई दाजुभाई दुई पार्टीबाट उम्मेदवार बन्दा आफन्तलाई भने कसलाई भोट दिने संकटमा परेका छन् ।