आर्थिक अभावमा बन्न सकेन रोपवे


अनिल खत्री, गुल्मी । रकम अभावले गुल्मीमा रोपवे बन्न सकेको छैन् । जिल्लाको साबिकको हर्मिचौर गाविस वडा नं १ देखी वडा नं २ सम्म जोडने ग्राभिटी रोप वे रकम अभावका कारण अलपत्र परेको हो ।

२०७० फागुन मा सस्स्पेन्सन वृज डिभिजन कार्यलय र ग्राभिटि रोपवे निर्माण तथा उपभोक्ता समिति गुल्मी विच २१ लाख ४६ हजार १सय १४ रुपैया बिनियोजित रकम रहेको थियो । सस्पेन्सन वृज डिभिजन कार्यलयले र उपभोक्ता समितिको तर्फवाट ३ लाख ४४ हजार ८८१ गरी कुल २४लाख ९० हजार ३२ मा सम्पन्न हुने गरी सम्झौता भएको लामो समय वितिसक्दा पनि कार्य सम्पन्न हुन सकेको छैन् ।
यातायातको अभाव र सो ठाउमा उत्पादनका सामग्रीहरुलाइ सिधै वजार सम्म पुर्याउने नसकिने भएकाले तत्कालिन स्थानिय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीको पहलमा उक्त योजना लगिएको थियो । ग्राभिटी रोपवे निर्माण तथा उपभोक्ता समितिका सचिव पे्रम नारायण पाण्डेका अनुसार रोपवे निर्माणका लागी आवश्यक पर्ने रोप नेपालमा नपाइने भएकाले अलपत्र परेको बताए ।
रोपलाई भारतको कलकत्ता वाट ल्याउन पर्ने र रोपको दर दिनानुदिन वड्दै जाने र त्यस पछाडी भुकम्प र नाकावन्दीले समेत प्रभाव पारेकोले निर्माण हुन नसकेको पाण्डे भनाई रहेको छ । उनका अनुसार अहिले ६लाख देखी ७ लाख सम्म रकम अभाव परेकाले बताए । सो रकम स्थानियहरुले जुटाउन नसेको र त्यसका लागी जिल्ला विकास समिति लगायत सस्पेन्सन वृजलाई समेत जानकारी जानकारी गराइसकेको उनको भनाई रहेको छ ।
पछिल्लो अवस्थामा समितिले सस्पेन्सन वृजलाई नै आवश्यक रोप खरिद गरी दिन आग्रह गरिएको समितिका उपाध्यक्ष वल वाहादुर न्यौपानेले वताए । उक्त योजना सम्झौतामा जिल्ला विकास समिति गुल्मी उपभोक्ता समिति प्राक्टिकल एक्सन नेपाल काठमाण्डौ र सस्पेन्सन वृज डिभिजन काठमाडौ विच सम्झौता भएता पनि ७ लाख अभावमा योजना नै अलपत्र परेको छ । पल्लिो अवस्थामा रोप वे निर्माणको माथिल्लो स्टेशनमा माथिवाट पहिरो गई निर्माण स्यल नै पुरिरएकाले निर्माणमा अझ थप व्याय भार थपिएको समतिले जनाएको छ ।