गृह प्रवक्तामा काफ्ले


काठमाडौँ, २२ जेठ । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक काफ्लेलाई दिइएको छ । यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी रहनुभएका काफ्लेले आजैबाट मन्त्रालयमा बहाल हुनुहुनेछ ।

मन्त्रालयका सहप्रवक्ता जनार्दन गौतमका अनुसार यसअघिका प्रवक्ता बालकृष्ण पन्थीको सरुवा भई काठमाडौँको प्रमुख जिल्ला अधिकारी हुनुभएकाले नयाँ जिम्मेवारीमा काफ्ले आउनुभएको हो । रासस