क्वायरटुफ म्याट्रेसद्वारा चेक हस्तान्तरण

0
Shares

काठमाडौं, (नेस)
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने ‘केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ प्रथम पुरस्कार नगद प्रोयोजन गरेको क्वायरटुफ म्याट्रेसले १ लाख ५० हजारको चेक आइतबार हस्तान्तरण गरेको छ।

शान्तिनगरस्थित स्ट्याटस ट्रेडिङको कार्यलयमा कार्यकारी निर्देशक सुरेन्द्र सारडाले प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालाई चेक हस्तान्तरण गरे। करातेका पूर्वखेलाडीसमेत रहेका सारडाले राष्ट्रको पहिचान र एकताको प्रतीकका रूपमा रहेको खेल क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको धारणा ब्यक्त गरे।
दोस्रो राष्ट्रिय खेलकुदमा सगरमाथा अञ्चलबाट ब्यवस्थापकको रूपमा टिमको नेतृत्व गरेको स्मरण गराउँदै उनले भने– ‘म स्वयंम खेलाडी भएकोमा पुनः खेल क्षेत्रसँग जोडिन पाउँदा गौरव लागेको छ।’

सारडाकै सहायक कम्पनी जेम प्लोरिङले (न्झ ँयियचष्लन) ले सर्वोकृष्ट खेलाडीको नगद पुरस्कार १५ हजार तथा अन्य ८ बिधागत पुरस्कार राशीको नगद २४ हजारसमेत प्रायोजन गर्ने भएको छ। जेष्ठ २३ देखि सञ्चालन हुने ४ दिने प्रतियोगिताको मुख्य प्रायोजन केएनपी जापान, सह–प्रायोजक शिवम् सिमेन्ट रहेका छन्।

त्यस्तै प्रतियोगिताको विशेष सहयोगका रूपमा राष्ट्रिय खेलकुद परिषद्,नेपाल भलिबल संघ, प्रतिष्ठित रेमिटेन्स कम्पनी आईएमई रेमिट, डल्फिन चियर, एयर एसिया, मेरिडिन पोली क्लिनिक रहेका छन्। प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोस्रोले १ लाख र तृतीयले ५० हजार प्राप्त गर्नेछन्।