जो नाच्छ ऊ धेरै बाँच्छ

0
Shares

नृत्य निर्देशक गोपाल अधिकारीले जो नाच्छ, ऊ धेरै बाँच्छ शीर्षकको नृत्यसम्बन्धी पुस्तक सार्वजनिक भएको छ। काठमाडौंका साँढे २ दर्जन बढी विद्यालयमा नृत्य सिकाउँदै आएका अधिकारीले विभिन्न ५२ विभिन्न शीर्षकमा नृत्यसम्बन्धी जानकारी प्रस्तुत गरेका छन्।

नेपालमा प्रचलित नृत्यहरूसम्बन्धी विभिन्न जानकारी समेटिएको पुस्तकमा नृत्य परिचय, नृत्यका प्रकार, नव रस, नृत्यमा लय, मात्रा र ताल, नृत्यमा अङ्ग सञ्चालन, चारी र मण्डल, हातका चार करणहरूदेखि लिएर लोकनृत्यका बारेमा उल्लेख गरिएको छ। ‘मान्छेमा आ–आफ्नै लत हुन्छ। भिन्नभिन्न प्रकारको नशा हुन्छ। विविध स्वभाव, इच्छा र चाहना हुन्छन् गोपालले भने– ‘त्यही नृत्यको नशा र लतले जन्मियो जो नाच्छ, ऊ धेरै बाँच्छ।’

पुस्तक सार्वजनिक समारोहका अतिथिहरूले नृत्यसम्बन्धी चासो राख्ने जो कोहीका लागि पनि यो पुस्तक उपयोगी हुने तथा विशेष गरी स्कुले विद्यार्थीलाई अझ बढी उपयोगी हुने चर्चा गरे। पुस्तकमा स्कुल अफ डान्स थेरापीका अध्यक्ष अच्युत घिमिरे, फिल्मकर्मी रामकाजी घिमिरे, सञ्चारकर्मी कृष्णप्रसाद भुसालले पुस्तकका बारेमा चर्चा गरेका छन्।