म्याग्दीकी विष्णुलाई नृत्यको उपाधि

0
Shares

लेट मी डान्स नेपाल सिजन२ को उपाधि म्याग्दीकी विष्णु मगर चुमेकी छिन्।
राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगिताको अन्तिम चरणमा ८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ३ लाखसहित अवार्ड र प्रमाण पत्र चुमेकी हुन्। त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट नेपालको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा दाङकी खिमा काउचा मगर फष्ट, धादिङका योगेश श्रेष्ठ सेकेण्ड र ललितपुरका अभिषेक महर्जन थड रनर्सअप भए। फस्ट रनर्सअपलाई नगद ५० हजार रुपियाँ प्रदान गरिएको थियो।

देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभालाई एकै ठाउँमा समेटी उनीहरूको प्रतिभा निखारेर बाहिर ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको प्रतियोगिता संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रतियोगितामा नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा निर्णायक थिए।